फूलबारी क्लबको रक्तदान, ८२ युनिट संकलन

आदर्श समाज सम्वाददाता
माघ १६, २०७७
fulbari blood donation

पोखरा । फूलबारी क्लब पोखरा–११ ले सहिद दिवस अवसरमा शुक्रवार खुला रक्तदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ ।

वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लब अध्यक्ष हरिप्रसाद बास्तोला, निवर्तमान अध्यक्ष हरिशचन्द्र बास्तोला, नेपाल रेडक्रस सोसाइटी पोखरा ११ शाखाका अध्यक्ष दशरथ आचार्यले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको संयोजन क्लब उपाध्यक्ष हरिशचन्द्र बास्तोला र सञ्चालन सचिव मनोज बास्तोलाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width