पोखरा । नेपाली कांग्रेस कास्कीकी सहसचिव रंगीला पौडेल आचार्यले ज्येष्ठ नागरिक र विपन्न वर्गलाई जाडोको लगाउने न्यानो कपडा वितरण गरेकी छन् ।
पोखरा महानगरपालिका वडा २७ अर्चले बाह्रघर आमा समूहमार्फत ज्येष्ठ नागरिक र विपन्न वर्गलाई जाडोमा लगाउने टिसर्ट, पछ्यौरा तथा सिरक वितरण गरेकी हुन् ।
कार्यक्रममा उन्नतशील आमा समूह, शिरोमणि आमा समूह, जनहित आमा समूह, अर्चले बाह्रघर आमा समूहमा आबद्ध ज्येष्ठ नागरिकसहित करिब १ सय जनालाई १ लाख ८० हजार रुपैयाँ बराबरको कपडा वितरण गरेकी हुन् ।
आफ्नो जन्मस्थल समेत भएको कारण उक्त क्षेत्रमा रहेका ज्येष्ठ नागरिक तथा विपन्न वर्गको सम्मानमा सो कार्य गरिएको उनले बताइन् । कोरोना संक्रमणको बेला समेत कांग्रेस नेतृ आचार्यले स्वास्थ्य सुरक्षाका सामग्री मास्क, सेनिटाइजर समेत वितरण गरेकी थिइन् । यस्तै पोखराको भलामका किसानलाई कोदालो सहयोग गरेकी थिइन् ।
कार्यक्रममा कांग्रेस नेतृ शारदा गिरी, तरण दलका नेता जीवन बास्तोला, स्थानीय कृष्णमणि पौडेल, अर्चले बाह्रघर आमा समूहकी अध्यक्ष पार्वती लामिछानेले बोलेका थिए । कार्यक्रम सञ्चालन शान्ति काफ्ले लामिछानेले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
प्युठानमा सुत्केरीको मृत्यु
खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
hero news full width
मुख्य समाचार
नाइकेको विषयमा कारागार भित्रै झडप
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७