ग्राहक बनेर सैलुन छिरेका सुशील आफै सैलुन सञ्चालक बने

आदर्श समाज सम्वाददाता
माघ १६, २०७७
sushil rana the barbour

पोखरा । कपाल वा दारी काट्ने सैलुन भनेपछि हामी सजिलै अनुमान गर्छौं भारती नागरिक या मधेशी समुदायका व्यक्तिले चलाएको होला भनेर । हुन पनि नेपालका अधिकांश सैलुन भारतीय नागरिक वा मधेसी समुदायका व्यक्ति सञ्चालन गर्दै आएका छन् ।

तर पछिल्लो समय पहाडी समुदायका नेपाली युवा पनि यो पेसमा आकर्षित हुन थालेका छन् । अनि मनग्गे आर्जन गर्न सफल भएका छन् । पछिल्लो समय नेपाली युवाहरुले हेन्डसम पार्लर देखि बार्बर सप खोलेर आफ्नै भूमिमा मनग्य आम्दानी गर्दै आइरहेका छन् । ती युवाहरुमध्ये पर्छन बागलुङका सुशील रानामगर । बाग्लुङ पुरानो गाउँ भई पोखरामै हुर्केका सुशीललाई बार्बर बन्छु भन्ने कहिल्यै पनि सोच थिएन ।

पोखरामा हुर्केर पोखरामानै पढेका सुशील वैदेशिक रोजगारमा पुगेर हन्डर खाएपछि बार्बर बन्ने सोच पलाएको हो । लामो समयदेखि जापानमा रहेका बुवा चन्द्रबहादुर राना, आमा दिलकुमारी रानाका एक्लो छोरो सुशील एसएलसी उतीर्ण हुनासाथ प्लस टु अध्ययन गर्दै गर्दा २०६७ सालतिर जापान पुगे । जापान बसाइ उनको धेरै समय टिकेन । जापानमा पुगेर सुशीलले ९ महिनामात्र जापान बस्ने मौका पाए । जापानको मेहनतले सुशीलले मनग्ये आम्दानी गर्थे तर जापान सरकारको नियमभन्दा बढी समय काम गर्न थालेपछि सुशीललाई त्यहाँको सरकारल नेपाल फिर्ता ग¥यो ।

जापानमा मेहनत गर्न सिकेका सुशीलले हिम्मत हारेनन् । नेपाल आएर जापानमा जस्तो मेहनत गर्ने हो भने नेपालमानै मनग्य आम्दानी त्यो पनि साथीभाइसँगै बसेर कमाइ गर्न सकिन्छ भन्ने उनमा आँट र भरोसा थियो । सीप र मेहनत हुने हो भने नेपालमै बसेर केही गर्न सकिने भन्दै हिड्ने सुशील पोखराको भाटभटेनी सुपरमार्केटको अन्डर ग्राउन्डमा नेपाली युवाहरुले जिएच हेयर सैलुन खोलेको थाहा पाए ।

उनी प्रायजसो ग्राहकको रुपमा नेपाली युवा हिमाल लिम्बुले सञ्चालनमा ल्याएको उक्त सैलुनमा जानेक्रम बढ्न थाल्यो । ग्राहक बनेर पुग्ने सुशील अन्तत उक्त बार्वर सपमा भोलेन्टिएरको रुपमा काम सिक्न थाले । सोही समयमा उनले उत्तम गुरुङलाई समेत भेट्ने मौका जु¥यो । उत्तम पनि उक्त सैलुनमा कपाल काट्ने काम गर्थे । सो सैलुनमा २ वर्ष कपाल काट्ने काम गरेका सुशील र उत्तम मिलेर पोखराको अमरसिंह मिनी मार्केटमा ८ लाखको लगानीमा २ वर्ष अगाडि बार्वर सप सञ्चालनमा ल्याए ।

मिठो बोलीचाली नम्र व्यवहार भएका सुशील र उत्तमको बार्बर सपको ग्राहक पनि भाटभटेनीमै आउनेहरु हुन थाले । पसल सञ्चालनका लागि आफ्नै साथी पालिखेचोकका विनायक पालिखे र सुशीलका काका सिंगापुरमा रहेका गणेश राना मगरले बार्बरमा प्रयोग हुने औजारहरु समेत सहयोग गरेको सुशील सम्झन्छन् ।

सुरुमा पसल सञ्चालन गर्दा कोही पनि ग्राहक नहुने हो कि, लगानी डुब्ने पो हो कि भन्ने चिन्ता पनि थियो । तर भाटभटेनीकै आफ्नो पुरानो ग्राहकबाटै आफूहरु आजसम्मको यात्रामा आइपुगेको सुशील बताउँछन् । बार्बर सप सञ्चालनको सुरुको दिनमा दैनिक १५ देखि २० जना ग्राहक आउने गरेको र हाल दैनिक ५० जना ग्राहकहरु आउने र मासिक २ लाख कमाइ हुने गरेको छ ।

बार्बरबाटै कमाएको केही पैसा सामाजिक काममा समेत उनीहरुले खर्चिदै आइरहेका छन् । उनीहरुले बर्सेनि थोरै भए पनि रकम छुट्याएर वृद्धाश्रमहरुमा समेत सहयोग गर्दै आएका छन् ।

राना र गुरुङले बार्बरमा कपाल काट्ने मात्र हैन सिकाउँदै पनि आएका छन् । हाल ४ जनाले बार्बर सिकिरहेको उनीहरुले बताए । उनीहरुकै उत्पादक सुदिप गुरुङ कान्छा अहिले बार्बरमा पोख्त भइसकेका छन् ।

सुशील भन्छन्, ‘नेपालमै केही गर्छु भन्ने जोश जाँगर झनै पलाएको छ तर पनि नेपाली युवाहरु विदेशिने फेसन नै बनेको छ नेपाली युवाहरु विदेश जानु नराम्रो होइन, गए पनि सीप सिकेर जानु राम्रो हो र वैदेशिक रोजगारमा सिकेको सीपलाई नेपालमानै प्रयोग गर्न सके झनै राम्रो ।’

Related News

सम्बन्धित समाचार

hero news full width