चौथौ व्यास अल्ट्रा म्याराथन उपाधि नेपाल आर्मीका देवराज महतारालाई

सविन लामिछाने
माघ १६, २०७७
marathan

दमौली । व्यास नगरपालिकाले आयोजना गरेको चौथौ व्यास अल्ट्रा म्याराथनको उपाधि नेपाल आर्मीका देवराज महताराले हात पारेका छन् ।

व्यास ५ मानुङकोटबाट सहिद स्मारक पार्क रहेको व्यास नगरपालिका ८ पुलिमराङसम्म ४४ किमी दुरी ३ घन्टा ३ मिनेट ५१ सेकेन्डमा पार गदै महतारा चौथो व्यास अल्ट्रा म्याराथनको विजेता भएका हुन् ।

सोही दुरीलाई दूरी ३ घन्टा ८ मिनेट १ सेकेन्डमा पार गदै सोलुखुम्बुका सुमन कुलुङ दोस्रो भए । उनी प्रतियोगिताका पूर्व विजेता हुन् । ३ घन्टा १० मिनेट ५ सेकेन्डमा उक्त दुरी पार गर्दै नेपाल आर्मीका वेदबहादुुर सुनुवार तेस्रो भए ।

हरेक वर्ष सहिद दिवसका अवसरमा व्यास नगरपालिकाले आयोजना गर्दै आइरहेको व्यास नगर अल्ट्रा म्याराथनमा यस वर्ष १ सय ३३ धावकको सहभागिता थियो ।

प्रतियोगितामा प्रथमलाई ८५ हजार ७७ रुपैयाँ, द्वितीयलाई ६५ हजार ७७ रुपैयाँ तथा तृतीयलाई ५५ हजार ७७ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
४४ किमी उक्त म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो । नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष म्याराथन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width