विेदेश पठाइदिन्छु भन्दै ३३ जनाबाट १ करोड उठाउने धीरज पक्राउ

आदर्श समाज सम्वाददाता
माघ १५, २०७७
arrest

पोखरा । क्यानडा पठाइदिन्छु भन्दै ३३ जना युवाबाट १ करोडभन्दा बढी रकम उठाएर ठगी गरेको आरोपमा ३८ वर्षे धीरजकुमार विश्वकर्मा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरे पनि बिहीबार सार्वजनिक गरेको छ ।

आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायत देशहरुमा धेरै मानिस रोजगारका लागि पठाइसकेको उनले ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायतका जिल्लाका ३३ जनारुलाई क्यानडा पठाइदिन्छु भनि ठगी गर्ने नियतले निजहरुबाट रकम समेत उठाएको भन्ने जाहेरीको आधारमा विश्वकर्मा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवाश हमालले जानकारी दिए ।

पर्वतको मोदी गाउँपालिका ७ घर भएका उनी पोखरा महानगरपालिका ३०, शिसुवा बस्दै आएका थिए । पैसा लिएका युवाहरुलाई विश्वस्त पार्न धीरजे विभिन्न सहकारी संस्था र विकास बैंकहरुको चेक समेत दिएको पाइएको छ । उनलाई ठगी सम्बन्धी कसूर अन्तरगतको मुद्दामा पक्राउ परी जिल्ला अदालत कास्कीबाट म्याद थपेर गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width