२८ वर्षे विश्वनिरञ्जन पोखरीमा मृत फेला

आदर्श समाज सम्वाददाता
माघ १५, २०७७
River-Death

पोखरा । कास्कीकोटमा २८ वर्षे विश्वनिरञ्जन तिमिल्सिना स्थानीय पोखरीमा मृतावस्थामा भेटिएका छन् ।

पोखरा महानगरपालिका २४ को वडा कार्यालय अगाडि रहेको पोखरीमा तिमिल्सिना बिहीबार बिहान घोप्टो परेको अवस्थामा तैरिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनी कसरी पोखरीमा डुबे भन्ने बारेमा अनुसन्धान थालिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width