तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले

आदर्श समाज सम्वाददाता
माघ १४, २०७७
bindu tha pa

पोखरा । गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापाले गएको वर्षमा सरकारी तलसहित साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चिका छन् । २०७६ माघदेखि २०७७ पुससम्म बैंक खातामा प्रदेश सभा सचिवालयबाट आएको ८ लाख ५९ हजार रुपैयाँसहित आफूले थप गरी १२ लाख ४७ हजार रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गर्दै आएको जानकारी गराए ।

बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर उनले उनले बैठकभत्तादेखि मासिक पारिश्रमिक र अन्य सुविधा सामाजिक सेवामा खर्च गरेको बताए । कास्की क्षेत्र २ (ख) बाट निर्वाचिन सांसद थापाले विभिन्न २० क्षेत्रमा सहयोग गरेका हुन् ।
कार्यक्रममा कांग्रेस कास्कीका सभापति कृष्ण केसीले प्रतिनिधिसभा विघटनको विरोधमा कास्की कांग्रेसले आन्दोलन सशक्त बनाउने बताए । केन्द्रमा नेताहरुबीच दोधारे प्रवृत्ति देखिएको समाचार बाहिर आए पनि कास्की कांग्रेसले भने निरन्तर आन्दोलनमा रहेको बताए ।

नेकपा फुटेपछि मात्र सरकार गठनमा धारणा बनाइने
प्रदेश सांसद बिन्दुकुमार थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिकरुपमा फुटेपछि मात्रै कांग्रेसले गण्डकी प्रदेश सरकार पुनर्गठनका लागि सरकारले धारणा बनाउने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपालाई जनताले ५ वर्षका लागि म्यान्डेट दिए पनि उनीहरु असफल भएको टिप्पणी गरे ।

‘सरकार बन्न नसक्ने अवस्था भए कांग्रेसले सरकार बनाउँछ, अन्यथा अहिलेकै अवस्थामा अविश्वासको प्रस्ताव ल्याउने पक्षमा कांग्रेस छैन,’ उनले भने । समृद्धिको नारा दिएको नेकपा सरकारले भाषणबाहेक जनतालाई केही नदिएको उनको टिप्पणी थियो ।

उनले भने, ‘जनताका लागि गरिएको भनिएको राजनीतिले पटक–पटक जनतालाई दुख दिएको छ । आज पनि व्यक्तिगत लहडको राजनीतिले जनमतमाथि जुन अपमान भैरहेको छ । यो सयौं वर्षसम्मका लागि क्षम्य हुने छैन । आन्तरिक अन्तर संघर्षलाई देशको प्रतिष्ठासँग साट्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको जति विरोध गरे पनि कम हुने छैन ।’ उनले विघटित संसद कुनै पनि हालतमा पुनः स्थापना हुनुपर्नेमा पनि जोड दिए ।

सांसद थापाले कोरोनाको संक्रमणले जनता आक्रान्त बनेको बेला जनतालाई गफ र भाषणबाहेक केही दिन नसकेको भन्दै विकास बजेटको करिब ७ महिना सकिन लाग्दा मात्र १५ प्रतिशत खर्च मात्रै भएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width