पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण र लायन्स क्लब दर्पणले कास्कीको माछापुच्छ्रे ८, खोराको मुखस्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयमा खानेपानी आयोजना निर्माण गरेका छन् ।
सो आयोजना एक समारोहबीच लायन्स पोखरा अन्नपूर्णका अध्यक्ष डा गोपिलाल श्रेष्ठ र दर्पणका उपाध्यक्ष राममणि पौडेलले विद्यालयलाई हस्तान्तरण गरे । ८१ हजार ५ सय रुपैयाँ लागतमा निर्मित सो आयोजनामा स्थानीय जनश्रमदान पनि छ ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ का कल्सटरचिफ सुरेन्द्रमानसिंह भण्डारीले लायन्सले स्वच्छ खानेपानी उपलब्ध गराएकोमा धन्यवाद दिए ।
रिजन चियरपर्सन दीपेन्द्र शर्मा लायन्स क्लब सबैं सामाजिक कार्यमा क्रियाशील हुने बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रसाद गुरुङले विद्यालयमा पानीको समस्या हल गराउन मद्दत पु¥याएकोमा २ लायन्स क्लबप्रति आभार प्रकट गरे ।
प्रअ बलराम रानाभाटले सो आयोजनाबाट १ सय २५ जना विद्यार्थीलार्ई प्रत्यक्ष लाभ पुगेको जानकारी दिए ।
लायन्स पोखरा अन्नपूर्णका अध्यक्ष डा गोपिलाल श्रेष्ठले कोरोना महामारीमा पनि लायन्स क्लबको सामाजिक कार्य सधैं अघि बढ्ने बताए ।
खानेपानी कार्यक्रम संयोजक गणेश छविले लायन्स पोखरा अन्नपूर्णले विगतमा पनि पोखराका सरकारी विद्यालयमध्ये ३१ वटामा १० हजार लिटरको खानेपानी टंकी निर्माण गरी हस्तान्तरण गरेको बताए ।
लायन्स क्लब दर्पणका उपाध्यक्ष राममणि पौडेलले २ क्लबको सहयोगबाट विद्यार्थीले पानीको समस्या अब झेल्न नपरेकोमा खुसी व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
लायन्सले खुवायाे विद्यार्थीलाई सात दिन, सातथरी खाजा
आदर्श चौतारीको न्यानो कपडा सहयोग
महर्षि गुरुकुललाई राधिकाको सहयोग
वेद विद्याश्रमलाई लायन्रसकाे सहयोग
गतिशील स्टारको चार्टर्ड डेमा रक्तदान
hero news full width
मुख्य समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७