पोखरा । प्रतिनिधि सभा विघटनका बारेमा सर्वोच्च अदालतमा दिनहुँ बहस चलिरहेका बेला निर्वाचन आयोगले भने जिल्ला तहमै चुनावको तयारी थालेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि आफूहरुले तयारी सुरु गरेको कास्कीका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए ।
मंगलबार अन्तरक्रिया गरी कार्यालयले जिल्लामा मतदाता नामावली अद्यावधिक कार्य माघ १५ देखि सुरु गर्ने जानकारी दिएको हो । उक्त समयमा मतदाता नामावलीविरुद्ध दाबी विरोध गर्न सक्ने पनि जानकारी दिएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम स्थानीय तहको केन्द्रलाई आधार मानी सञ्चालन गरिने कार्कीको भनाइ छ । कार्यक्रम स्थानीय तहमा माघ १५ देखि २१ गतेसम्म र जिल्लामा माघ १५ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ ।
२०७४ को निर्वाचनपछि कास्कीमा ९ हजार ९ सय ४२ जना मतदाता थपिएका छन्
अद्यावधिक कार्यको लागि प्रत्येक गाउँपालिकामा सहायक नाम दर्ता अधिकारी पठाइसकिएको उनले जानकारी दिए । मादी गाउँपालिकामा सञ्जयप्रसाद बराल, रुपामा अशोक परियार, माछापुच्छ«ेमा विष्णुप्रसाद अधिकारी, अन्नपूर्ण गाउँपालिकामा खुमादेवी रेग्मी र पोखरा महानगरपालिकामा मञ्जु ढुंगाना सहायक नाम दर्ता अधिकारी तोकिएको कार्कीले जानकारी दिए ।
विसं २०७७ पुस ५ गतेसम्म १८ वर्ष पूरा भएकाहरुको मात्र अद्यावधिक गरिने उनले बताए । ‘पुस ५ गते १८ वर्ष पूरा भएकाहरुको मात्र नाम दर्ता गरिनेछ,’ उनले भने, ‘त्योपछि उमेर पुगेको हो भने हामीले केही गर्न मिल्दैन ।’ नामावलीमा भएका दोहोरोपन एवं त्रुटि हटाउन सहयोग पुगोस् भनेर कार्यक्रम सञ्चालन गर्न लागिएको कार्कीको भनाइ छ । ‘आफ्नो नाम विवरण हेर्न पनि कार्यालले कार्यक्रम अगाडि बढाएको हो,’ उनले भने, ‘ यसले मतदाता नामावलीलाई वैधानिकता प्रदान गर्नेछ ।’
मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, नाम उपर विरोधमा उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका र नागरिकता त्याग गरेकाको नाम हटाउनको लागि निवेदन दिने समय माघ १६ देखि १८ गतेसम्म समय तोकिएको छ । यसैगरि २०७४ को निर्वाचनपछि कास्कीमा ९ हजार ९ सय ४२ जना मतदाता थपिएका छन् । योसँगै कास्कीमा मतदातको संख्या २ लाख ६५ हजार ३ सय ९६ मतदाता छन् । जसमा पुरुषको संख्या १ लाख २४ हजार ६ सय ३१ र महिलाको संख्या १ लाख ४० हजार ७ सय ६१ छ भने तेस्रो लिंगीको संख्या ४ जना छ । ‘यो संख्या पुस ५ गतेसम्मको दाबी विरोध गर्नुपूर्वको हो,’ उनले भने, ‘दाबी विरोधपछि केही मात्रामा घट्नसक्छ ।’ कास्कीको क्षेत्र नम्बर १ मा १ लाख ७ सय १६, क्षेत्र नम्बर २ मा ७२ हजार ९ सय ३३ र क्षेत्र नम्बर ३ मा ९१ हजार ७ सय ४७ मतदाता संख्या छन् ।
पोखरा महानगरपालिकामा १ लाख ९८ हजार ६ सय ६३, माछापुच्छ«े गाउँपालिकामा १८ हजार ६ सय ५४, अन्नपूर्णमा १८ हजार ३ सय ४९, मादीमा १६ हजार ४ सय ८७ र रुपामा १३ हजार २ सय ४३ मतदाता छन् । निर्वाचन कार्यालय कास्कीका अनुसार जिल्लाभर १ सय ५० मतदान स्थल र ३ सय १७ मतदान केन्द्र छन् ।
Related News
सम्बन्धित समाचार
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
टाइगर कपबाट १९ लाख बचत
hero news full width
मुख्य समाचार
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७