वालिङ । महिला राष्ट्रिय फुटबल लिगमा मंगलबार वालिङ नगरपालिका र नेपाल पुलिस क्लबबीचको खेल एक÷एक गोलको बराबरीमा सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा माघ ७ गतेबाट काठमाडौंमा सुरु भएको प्रतियोगितामा वालिङले दोस्रो हाफको ८ औं मिनेटमा गोल गरेर अग्रता कायम गरेको थियो । वालिङको अग्रतालाई १२ औं मिनेटमा पुलिसले गोल गरेर बराबरी भएको हो ।
उक्त प्रतियोगितामा वालिङकी अमिशा कार्की उत्कृष्ट खेलाडीकोरुपमा घोषित भइन् । उत्कृष्ट खेलाडीलाई वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे । वालिङ नगरपालिकाले माघ १५ गते बिहीबार उदयपुरको चौदण्डगढी नगरपालिकासित प्रतिस्पर्धा गर्ने छ । एक महिनासम्म जारी रहने प्रतियोगितामा वालिङ नगरपालिकासहित विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन् ।
प्रतियोगितामा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमलाई क्रमशः १५ लाख, ८ लाख र ५ लाख पुरस्कार दिने एन्फाले जनाएको छ । त्यस्तै, उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार दिने बताइएको छ । यस्तै, बेस्ट प्लेयर अफ द लिगले स्कुटर प्राप्त गर्नेछन् । हरेक टिममा २३ खेलाडी र सात अफिसियल गरी ३० जना रहने छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
टी–ट्वान्टी क्रिकेट : उपाधिका लागि जनकपुर र चितवन भिड्ने
अन्तर जिल्लास्तरीय भलिबल हुने
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
बराबरी मड्रिड डर्बीले बार्सिलोनालाई फाइदा
hero news full width
मुख्य समाचार
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
फागुन २४, २०७७संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
फागुन २३, २०७७