सूर्तिजन्य पदार्थविरुद्ध हस्ताक्षर

Avatar आदर्श समाज सम्वाददाता
माघ १३, २०७७
Cancer News Photo

पोखरा। नेपाल अर्वुद रोग निवारण संस्था कास्की शाखाले सूर्तिजन्य पदार्थविरुद्धको हस्ताक्षर संकलन गरेको छ ।

विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) अवसरमा विश्व स्वास्थ्य संगठनले तय गरेको यस वर्षको नारा ‘म हुँ र म गर्छु’ सार्थक बनाउन हस्ताक्षर कार्यक्रम संचालन गरिएको हो ।

संस्थाका सभापति प्रेमबहादुर भुजेलको अध्यक्षतामा भएको हस्ताक्षर संकलन कार्यक्रमको उद्घाटन पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछानेले गरेका थिए ।

कार्यक्रममा नाटा गण्डकी प्रदेशका कावा अध्यक्ष हरिराम अधिकारी, पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष योगेन्द्रबहादुर केसी, संस्थाका पूर्व सभापति माधवप्रसाद सिग्देललगायतले बोलेका थिए ।

कार्यक्रममा स्वागत संस्थाका उपसभापति नारायण पराजुली र सञ्चालन सचिव डिल्लीप्रसाद शर्माले गरेका थिए ।

यस्तै कास्की शाखाले माघ १६ देखि १८ सम्म कास्कीको तप्राङ, खिलाङ र सिक्लेसमा समुदायस्तरीय पाठेघरको मुखको क्यान्सर सचेतना कार्यक्रम गर्ने संस्थाका सचिव डिल्लीप्रसाद शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads