काठमाडौं– सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउने तयारी तीव्र बनाएको छ। भोलि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गर्नेछन्। यसका लागि तयारी लगभग सकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सातै प्रदेशमा खोप पुगिसकेको छ। प्रदेशबाट जिल्लामा पुर्याउने काम भइरहेको उनले बताए। गत बिहीबार भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड भ्याक्सिन काठमाडौं आइपुगेको थियो।
स्वास्थ्य सेवा विभाग खोप महाशाखाका अनुसार सातवटै प्रदेशमा ४ लाख ३० हजारलाई लागि पुग्नेगरी खोप पठाइएको छ। आज बेलुकासम्म हिमाली केही जिल्लामा बाहेक सबै जिल्लामा खोप पुगिसक्ने महाशाखाका प्रमुख डा। झलक गौतमले जानकारी दिए। गौतमले भने,‘१८ गतेभित्र सबै जिल्लामा खोप पुग्छ।’
खोप उपकरण, भण्डारण र आपूर्ति समितिका सदस्य बडेबाबु थापाका अनुसार विराटनगरमा ९ हजार ६ सय भाइल, पोखरमा ४ हजार, हेटौंडामा ७ हजार ६ सय, बुटवलमा ८ हजार ८ सय, नेपालगञ्जमा २ हजार ६ सय, धनगढीमा ३ हजार ६ सय भाइल खोप पुर्याइएको छ। काठमाडौं वरिपरिका १० जिल्लाका लागि १२ हजार ५ सय भाइल खोप छुट्याइएको छ। एक भाइलमा १० डोज खोप हुन्छ।
खोप महाशाखाका प्रमुख डा। गौतमका अनुसार देशभर बुधबार ६२ वटा अस्पतालका १२० खोप केन्द्रबाट खोप अभियान सुरु गरिनेछ। काठमाडौं उपत्यकामा १७ वटा खोप केन्द्रबाट खोप लगाइने भएको छ।
काठमाडौंमा १२ वटा, ललितपुरमा २ र भक्तपुरमा २ वटा केन्द्र निर्धारण गरिएको छ।
अन्य जिल्लाको हकमा भने जिल्ला अस्पतालबाट खोप लगाइने महाशाखाले जनाएको छ।
कोरोनाविरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै जनाइसकेको छ।
मन्त्रालयका सहप्रवक्ता अधिकारीका अनुसार पहिलो खोप कसलाई लगाउने भन्ने अहिले नै तय भइसकेको छैन। भोलि प्रधानमन्त्रीले उद्घाटन गर्ने समयमा नै त्यो थाहा हुने उनले बताए।
कसले पाउनेछन् पहिलो चरणको खोप :
स्वास्थ्यकर्मी
अस्पतालका सहयोगी कर्मचारी
महिला स्वास्थ्य स्वयंसेविका
शव व्यवस्थापनमा जुट्नेहरु
सार्वजनिक फोहोर व्यवस्थापन गर्नेहरु
विमानस्थलमा काम गर्नेहरु
ज्येष्ठ नागरिक
खोप समितिका सल्लाहकार तथा खोपविज्ञ डा। श्यामराज उप्रेतीका अनुसार खोप लगाएपछि सामान्य प्रतिक्रिया आउन सक्ने भएकाले आधा घण्टासम्म चिकित्सकको निगरानीमा राखिनेछ।
खोप लगाएपछि हुन सक्ने साइड इफेक्टबारे अनुसन्धान गर्न मन्त्रालयले समिति बनाएको छ। सो समितिले रिपोर्ट तयार गर्नेर्छ। कुनै खोप शतप्रतिशत नहुने भएकाले खोप लगाएपछि सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।
पहिलो डोज दिएको ४ हप्तापछि मात्रै दोस्रो डोज दिने मन्त्रालयले जनाएको छ। सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको यो खोपको ७० प्रतिशत प्रभावकारिता भएको रिपोर्टहरु सार्वजनिक भएका छन्। विज्ञहरुले पनि यो खोप नेपालको लागि प्रभावकारी हुने बताएका छन्।
Related News
सम्बन्धित समाचार
वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
टी–ट्वान्टी क्रिकेट : उपाधिका लागि जनकपुर र चितवन भिड्ने
hero news full width
मुख्य समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
फागुन २४, २०७७संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
फागुन २३, २०७७ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
फागुन २३, २०७७घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७