Worldlink ads

पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु

आदर्श समाज सम्वाददाता
माघ १२, २०७७
bikash lamsal

पर्वत । पर्वतको कुश्मा नगरपालिका १ पाङमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पार्वती गुफामा पूर्वाधार निर्माणको काम थालिएको छ । उक्त गुफामा पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारले २५ लाख रकम यो वर्ष विनियोजन गरेको छ । पर्वती गुफामा पैदलमार्ग, तारबार, पर्खाल, मन्दिर लगाएतका भौतिक संरचना निर्माण गर्न लागिएको हो ।

पार्वती गुफाको पूर्वाधार निर्माणको सोमबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शिलान्यास गरे । शिलान्यास गर्दै मन्त्री लम्सालले पर्यटनको विकासबाट मुलुकको समृद्धि सम्भव भएको बताए ।

उनले मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटक भिœयाउने गरी संघ र प्रदेश सरकारले तयारी गरे पनि कोभिड १९ का कारण प्रभावित भएको बताए । उनले अब कोभिड १९ को संक्रमण कम हुँदै गएको र खोप पनि आइसकेकाले विस्तारै पर्यटनले फड्को मार्दै जाने बताए । मन्त्री लम्सालले पर्यटन भिœयाउनका लागि धार्मिक एवं पर्यटकीय स्थलको ऐतिहासिक विशेषता जोडिएको कथालाई बेच्न सक्नुपर्नेमा जोड दिए ।

उनले पाङ, खुर्कोट संस्कृति एवं धार्मिक पर्यटनका लागि महत्वपूर्ण स्थल भएको भन्दै त्यसका लागि सबैले मिलेरे नयाँ योजनाका साथ अघि बढ्नुपर्ने बताए । पार्वतीले भगवान शिवलाई पति पाउँ भनि ब्रत बसेको स्थल र भगवान शिव र पार्वतीको क्रिडास्थलको रुपमा समेत परिचित उक्त ठाउँका पर्याप्त भौतिक पूर्वाधारको विकास र प्रचारप्रसारका लागि प्रदेश सरकारले सँधै सहयोग गर्ने उनको भनाइ छ ।

उनले प्रदेश सरकार उक्त क्षेत्रको विकासका लागि सवै सहयोग गर्न तयार रहेको बताउँदै नयाँ योजना लिएर आएमा आफूले सबै सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहरबी पौडेलले पार्वती गुफा जस्ता ऐतिहासिक र धार्मिक स्थलहरुको पर्याप्त प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरुको ओइरो लाग्ने विचार व्यक्त गरे ।

कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले पाङ–खुर्कोट क्षेत्र र यहाँका धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकासका लागि कुश्मा नगरपालिका सँधै सहयोग र सहकार्य गर्न तयार रहेको बताइन् ।

कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. १ का अध्यक्ष देवेन्द्र सुवेदी, वडा नं. २ का अध्यक्ष यदुनाथ बास्तोला, भूतथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दीवाकर पौडेल, नेकपा कुश्मा नगरकमिटी अध्यक्ष शंकर गिरी, कुश्मा नगरपालिकाका लेखा प्रमुख कमलराज पौडेल, जग्गा दाताको तर्फवाट गौरवदास वैरागी र श्यामप्रसाद पौडेल, गुप्तेश्वर धार्मिक एवं पर्यटकीय संस्थाका अध्यक्ष पृथ्वीनारायण शर्मा लगायतले बोलेका थियो । गुफा संरक्षण समितिका अध्यक्ष छविलाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष भक्तिविलास सुवेदी र सञ्चालन जग्गा प्राप्ति समितिका सचिब प्रेपप्रसाद शर्मा रेग्मीले गरेका थिए ।

सो अवसरमा गुफाका लागि आवश्यक जग्गा दान गर्ने १९ जना जग्गादातालाई सम्मान गरिएको थियो भने स्थानीले भजन किर्तन समेत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग