स्याङ्जा । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्पण गर्दै आएको सुदीश निरौला स्मृति साहित्य पुरस्कार यस वर्ष स्याङ्जाका युवा साहित्यकार मिलन समीरलाई समर्पण गरिएको छ । पूर्वअर्थमन्त्री समेत रहेका कवि एवं गीतकार एसपी कोइराला (शंकरप्रसाद), नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभू घिमिरे, प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, सुदीश निरौला ट्रष्टकी अध्यक्ष टीका निरौला, प्राध्यापक कविराज न्यौपानेलगायतले संयुक्त रूपमा दोसल्ला, खादा, माला लगाइदिएर विराटनगरमै नगद १५ हजार राशि र सम्मानपत्र समर्पण गरे ।
प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले पुरस्कृत कवि समीरको परिचय प्रस्तुत गरेका थिए । कार्यक्रममा गोरखापत्र संस्थानका सम्पादक तुलसीहरि कोइराला, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, कृष्णभूषण बल स्मृति साहित्य प्रतिष्ठानकी प्रमुख संरक्षक शोभा लामा बल, गर्गाचार्य विश्वभाषा पुस्तकालयका संरक्षक टीकाप्रसाद लामिछानेललगायतले शुभकामना व्यक्त गरे ।
कार्यक्रममा भूषण ढुंगेल, भेषराज पोखरेल, भरत गुरागाईं, प्रयाग न्यौपाने, चूडामणि नेपाल अकिञ्चन, उमेश लुइँटेल, हरि कट्टेल, मञ्जुश्री गिरी, जमुना पौडेल, ममता मृदुल, लक्ष्मी स्मृति, लक्ष्मी रायमाझी, लक्ष्मी आचार्य, लक्ष्मी श्रेष्ठ, कविता केशरी, नेत्र खतिवडा, रोमा निरौला, प्रिन्स प्रमोदकुमार ढकाल, मदन भण्डारी, टंक राजवंशी, मनिष पोखरेल, विनोद घिमिरे, पूजा बहार, राधा भट्टराई, रामा रमा, किशोर कोइराला, परिक्रमा श्रेष्ठलगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरुले आ–आफ्ना मुक्तक वाचन गरे । आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेलले सुदिश निरौलाको बारेमा प्रकाश प्रार्दै स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले गरे ।
Related News
सम्बन्धित समाचार
घरबेटीकी छोरी
रवीन्द्र अधिकारीकाे स्मृति ग्रन्थ सार्वजनिक
गैंडाकोटको हर्कपुरमा फाइनप्रिन्ट फिभर
‘चुल्ठो’ : कविताको खडेरीमा राहत
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
hero news full width
मुख्य समाचार
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
फागुन २४, २०७७टी–ट्वान्टी क्रिकेट : उपाधिका लागि जनकपुर र चितवन भिड्ने
फागुन २४, २०७७