पोखरा । सारंगी संरक्षणका अभियन्ता, चर्चित गायक एवं शब्द संकलक धनबहादुर गायककाे साेमबार बिहान निधन भएकाे छ ।
खोलामा नुहाउने क्रममा लडेर घाइते भएका गायककाे मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालकाे आइसियुमा राखेर उनकाे उपचार भइरहेकाे थियाे । बिहान साढे ८ बजे उनकाे निधन भएकाे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले बताए ।
उच्च रक्तचापका बिरामी गायक त्यसैका कारण खाेलामा पल्टेकाे अनुमान गरिएकाे छ । २०२१ साल वैशाख ६ गते पोखराको बाटुलेचौरमा उनी जन्मेका हुन् । उनकी आमा चदर गायक र बाबु बखतबहादुर गायक हुन् ।
क्रिस्चियन धर्म मान्दै आएका कलाकार गायकको क्रिस्चियन परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ । शव अहिले अस्पतालबाट उनको निवास बाटुलेचौरमा अन्तिम श्रद्धाञ्जलीका लागि लगिएको छ ।
प्रविण गुरुङले गाएका सदावहार चर्चित यो दाजुको मिर्मिरे आँखा, बेली र चमेलीजस्ता गीतका सर्जक धनबहादुर युवापुस्तालाई सांरगीप्रति टिकाइराख्न प्रयासरत थिए ।
पाेखराकै बाटुलेचौर निवासी उनी सारंगी पाठशाला समेत चलाउँदै आएका थिए । जसमा बालबालिकालाई निशुल्क रुपमा सारंगी र मादल लगायत वाद्यवादन सामग्री बजाउन सिकाइन्छ ।
पोखरा महानगरपालिकाले गठन गर्न लागेको प्रज्ञा प्रतिष्ठान सदस्यका लागि उनकाे नाम सिफारिस भएको थियाे ।
Related News
सम्बन्धित समाचार
लोककवि अलि मियाँको स्मरण
सुरेश बडालको ‘रहर’ लोकार्पण
रवीन्द्र मिश्रको नयाँ पुस्तक फागुन अन्तिम सातादेखि बजारमा आउने
कृष्णदीपको उपन्यास ‘सेकुवा’ माथि चर्चा
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
hero news full width
मुख्य समाचार
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७