पोखरा । सरकारले निशुल्क वितरण गर्ने कोरोना विरुद्धको भ्याक्सिन गण्डकी प्रदेशमा आइपुगेको छ । भारतबाट अनुदानमा प्राप्त खोप नेपाल सरकारले समानुपातिक रुपमा प्रदेश तहमा वितरण गरेको हो ।
‘कोभिसिल्ड’ नामक खोप आइतबार साँझ पोखरा ल्याइएको छ । सबै खोप प्रदेशको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र अन्तर्गत कोल्ड स्टोरमा राखिएको छ । अहिले ४० हजार डोज खोप ल्याइएको सरकारले जनाएको छ । पहिलो चरणमा गण्डकीका १७ हजार भन्दा बढीले खोप पाउने छन् । सरकारले तयार गरेको विवरण अनुसार १७ हजार ३ सय ९६ जना ‘फ्रन्ट लाइनर’ लाई खोप लगाउन लागिएको हो । पोखरा आइपुगेको खोप सोमबार प्रदेशका ११ वटै जिल्लामा पु¥याइने आपुर्ति व्यवस्थापन केन्द्र गण्डकीका निर्देशक खीम खड्काले जानकारी दिए । गण्डकीमा खोप राख्ने कोल्ड स्टोरको अभाव छैन । सबै ठाउँमा आवश्यक्ता अनुसार भण्डारण केन्द्र रहेको खड्काको भनाइ छ । ‘प्रदेशका सबै जिल्लामा अहिले पनि बालबालिकाहरुको खोप कार्यक्रम छ । त्यसैले गर्दा सप्लाई र भण्डारणमा कुनै समस्या देखिएन,’ उनले भने ।
पहिलो चरणमा निर्देशिका अनुसार नै स्वास्थ्यकर्मी, एम्बुलेन्सकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी लगायत कोभिड नियन्त्रणको अग्रभागमा रहेर काम गर्नेहरुलाई खोप लगाइने छ । ‘सोमबार सबै जिल्लाको खोप केन्द्रमा पुग्छ । १४ गते विहान १० वजे प्रत्येक जिल्लाका कम्तिमा एउटा अस्पतालबाट खोप लगाउन सुरु हुन्छ,’ उनले भने, ‘त्यो अनुसारको सबै तयारी भइसकेको छ । खोप कार्यक्रम १ सातासम्म चल्छ ।’ मनाङ र मुस्ताङ टाढा भएकोले ढुवानीमा समस्या पर्ने उनको भनाइ छ ।
पोखराका ३ वटा अस्पतालबाट कोरोनाको खोप लगाउने तयारी भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । पश्चिमाञ्चल अस्पताल, मनिपाल अस्पताल र संक्रामक तथा सरुवा रोग अस्पतालबाट खोप वितरण हुनेछ । अन्य जिल्लामा जिल्ला अस्पतालबाट खोप दिइने छ । प्रदेशमा खोप दिनका लागि पूर्व तयारी पनि थालिएको छ । १० जना प्रशिक्षकले तालिम लिइसकेका छन् । उनीहरुले जुममार्फत जिल्लाका स्वास्थ्य कर्मीलाई तालिम दिने कार्यक्रम छ । खोप चिकित्सकका निगरानीमा लगाइने शर्माको भनाइ छ ।
‘१ पटक दिएपछि ठिक १ महिनापछि अर्को डोज दिनुपर्छ । सामान्य खोपजस्तो होइन । चिकित्सकको निगरानीमा भ्याक्सिन दिनुपर्छ,’ उनले भने, ‘स्वास्थ्यकर्मी पहिलो कित्तामा हुनुहुन्छ । त्यसपछि सर्वसाधारणमा जाने हो । १ दिनमा १ सय २५ जनाभन्दा बढीलाई खोप लगाइँदैन ।’
खोप कार्यक्रमका लागि प्रदेशका प्रमुख सचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको छ । यो खोप शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी, बच्चालाई दूध चुसाइरहेकी आमा र १८ वर्षभन्दा कम उमेरका कुनै पनि व्यक्तिले लगाउनु हुँदैन ।
गण्डकी प्रदेशमा हालसम्म १५ हजार ३ सय ३८ जना कोरोनाबाट संक्रमित भएका छन् । उनीहरुमध्ये १४ हजार ६ सय ७१ जनालाई निको भइसकेको छ । प्रदेशभरि २ सय ३ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या ७३ रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीका ११ जिल्ला मध्ये गोरखा, मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त छन् । कोरोना संक्रमितको दर कम भए पनि संक्रमणको जोखिम यथावत रहेकोले स्वास्थ्य मापण्ड पूर्ण रुपमा पालना गर्न स्वास्थ्यकर्मीहरुको सुझाव छ ।
Related News
सम्बन्धित समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
hero news full width
मुख्य समाचार
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७