नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

Avatar आदर्श समाज सम्वाददाता
माघ ११, २०७७
election comission

काठमाडौं ।  निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपा का दुवै समूहले गरेको पदाधिकारी फेरबदललाई मान्यता नदिने भएको छ।

दुवै पक्षको मागदाबीअनुसार विवरणमा परिवर्तन र संशोधन हुन नसक्ने निर्णय आयोगले आइतबार गरेको हो।

आयोगको आइतबार बसेको पदाधिकारी बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल(माधवकुमार नेपाल समूहले गरेको फेरबदललाई नमान्ने निर्णय गरेको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए। उनले भने,विवरण हेरफेर हुन सक्ने अवस्था हुने देखिएन। साविककै विवरण कायम हुनेछ।

दुवै पक्षको दाबी प्रचलित कानुनअनुसार नदेखिएकाले पूर्ववत् अवस्थामा रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए। उनले भने,दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन सकेन।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपाका दाहाल नेपाल समूहले आफूहरु वैधानिक दल रहेको भन्दै आयोगमा निवेदन दिएको थियो।

यस्तै प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओली समूहले पनि केन्द्रीय समितिको सदस्यहरुको हस्ताक्षरसहितको निवेदन आयोगमा पेस गरेको थियो।

संसद् विघटनपछि दाहाल नेपाल समूह सडक आन्दोलनमा उत्रिएको छ। उसले दुई चरणको विरोधका कार्यक्रम गरिसकेको छ। यस्तै ओली समूहले पनि संगठन विस्तार र भेलालाई तीव्र बनाएको छ। दुवै समूह अहिले एकअर्काको आरोपप्रत्यारोपमा उत्रिएका छन्।

Related News

सम्बन्धित समाचार

    • पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी

      sadhanramjali साधन राम्जाली फागुन १५, २०७७
      बेनी  । म्याग्दीको प्रमुख पर्यटकीय र धार्मिक गन्तव्यस्थलमध्ये एक हो, मालिका धुरी । घनाजंगलबीच पहाडको टुप्पोमा रहेको मालिकाबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण,…
    • जहाँ माछाको काजकिरिया गरिन्छ

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ फागुन १५, २०७७
      पोखरा । जब पोखरीका माछा मर्छन्, स्थानीयले जलकन्या देवी मरेको ठान्छन् । मरेको माछा पूजारीले विधिपूर्वक पूजाआजा गरी पोखरीबाट बाहिर निकाल्छन्…
    • एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      पोखरा । एचआइभी संक्रमितमाथि समाजले त विभेद गर्छ नै । कहिले काहिँ त परिवारबाटै पनि उनीहरु अपहेलित हुन्छन् । सरकारले…
    • प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ…
    • विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      म्याग्दी। सरकारद्वारा प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन (फिल्टर) पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२…

    hero news full width

    sanil ads

    wordlink ads