डाइनामिक पब्लिक लाइब्रेरी गण्डकी अध्यक्षमा वसन्त गिरी

Avatar आदर्श समाज सम्वाददाता
माघ ११, २०७७
DPL ma giri

पोखरा । डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) गण्डकी अध्यक्षमा वसन्त गिरी चयन भएका छन् । झापामा भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट गण्डकी प्रदेश अध्यक्षमा वसन्त गिरी चयन भएका हुन् ।

उनको नेतृत्वमा ४० जनाको डिपिएल युथ टिम गठन गरिएको हो । उपाध्यक्षमा राजकुमार भण्डारी, सरस्वती गिरी, किशोर सुवेदी, महासचिव प्रदीप शर्मा बराल, कोषाध्यक्ष शिव पराजुली र सचिव सुरेनकुमार नेपालीलाई चयन गरेको छ । कानुनी सल्लाहकारमा शिशिर मिश्र छन् ।

सन् २०१२ मा झापाका भेषराज न्यौपाने नेतृत्वमा यो संस्थाको गठन भएको हो । संस्थाले विशेषगरी युवाको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सो संस्थाका देशभर १३ शाखा बिस्तारित छन् । करिब ४ सय सदस्य रहेको संस्थाको केन्द्रीय अध्यक्ष विनोद उप्रेती हुन् ।

Related News

सम्बन्धित समाचार

    • पत्रकार महासंघ गण्डकीको भवन उद्घाटन

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      पोखरा। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । पत्रकार महासंघ कास्की शाखाको माथिल्लो तलामा…
    • फोनिजको डिजिटल जर्नालिजमबारे अन्तरक्रिया

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      आँबुखैरेनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समितिको आयोजनामा तनहुँको आँबुखैरेनीमा ‘सञ्चार प्रविधिको विकास र अबको पत्रकारिता’ विषयक…
    • कोरोनाले छेक्यो कोरियाको बाटो

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ फागुन ११, २०७७
      पोखरा । कक्षा १२ को परीक्षा सकेपछि कोरिया जाउँला भनेर भाषा सिक्न कस्सिएका स्याङ्जाका समिर मानन्धर अहिले निरास छन् ।…
    • मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज   

      rss रासस फागुन १०, २०७७
      सिन्धुपाल्चोक । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय…
    • उडुस मार्दै रात काट्दै कैन्दीबन्दी   

      rss रासस फागुन ९, २०७७
      लमजुङ । वरिपरि अग्लो पर्खाल । पर्खालबाट भित्र छिर्ने सानो ढोकाभित्र असरल्ल त्रिपालको बार । त्यहाँभित्र भुइँमै छरपष्ट ओछ्यान ।…

    hero news full width

    sanil ads

    wordlink ads