पोखरा । नेलम्बो नेपालले माछापुच्छ्रे गाउँपालिकाका सम्पूर्ण विद्यालयलाई कोभिड–१९ विरुद्ध स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।
कार्यक्रममा मास्क, सेनिटाइजर, थर्मलगन, हातधुने साबुन, फेस सिल्ड, केएन–९५ मास्क, स्प्रे बोतल, हेन्ड फ्रि सेनिटाइजर स्ट्यान्ड लगायतत सामग्री नेलम्बो
नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा किसन कोइरालाले गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
र्काक्रममा महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले नेलम्बो नेपालले विद्यालयहरु भौतिक रुपमा सञ्चालन गरेको अवस्थामा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्रीले अध्ययन अध्यापनमा थप सहजता प्रदान गर्ने बताए ।
नेलम्बो नेपाल अध्यक्ष एकदेव देवकोटाले नेलम्बो नेपाल कोभिड–१९ को विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिँदै स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गर्दै आएको र अहिले विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरि उच्च मनोवल प्रदान गरिएको बताए । उनले आफूहरु अत्याधुनिक उपकरण र चिकित्सकसहितको टिमबाट मुख रोगको उपचार र दन्त चिकित्सा सेवा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले नेलम्बोको कार्य सह्रानीय रहेको भन्दै आगामी दिनमा गाउँपालिका सहकार्य गरी कार्य गर्न इच्छुक रहेको बताए ।
कार्यक्रममा सामुदाकि विद्यालयलाई २ लाख ५७ हजार, गाउँपालिकालाई ५७ हजार ७ सय गरी कुल ३ लाख ३३ हजार रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले जानकारी दिए ।
कार्यक्रममा संस्थाका हेल्थ प्रमोसन अफिसर निर्मला देवकोटा, गाउँपालिकाका कार्यक्रम शिक्षाका शाखा प्रमुख कृष्णप्रसाद भण्डारी लगायतले बोलेका थिए ।
नेलम्बोले यसअघि गाउँपालिकाको वडा ६ धिताल र वडा ७ धम्पुसका विद्यालयहरुलाई स्वास्थ्य सामग्री दिइसकेको थियो ।
Related News
सम्बन्धित समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
गलेश्वर मन्दिर पित्तलले छाइने
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
प्युठानमा सुत्केरीको मृत्यु
hero news full width
मुख्य समाचार
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७