जनप्रिय माविले मनायो ५२ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ ११, २०७७

पोखरा। जनप्रिय माध्यमिक विद्यालयले ५२ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा अभिभावक भेला एवं पुरस्कार वितरण भयो ।
पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले विद्यालयको शैक्षिक गुणस्तरका लागि स्थानीय सरकारबाट कुनै पनि सहयोग गर्न कसर बाकी नराख्ने बताए । उनले विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दै गएकोप्रति खुसी व्यक्त गर्दै प्राविधिक शिक्षासहितको अध्यापनले पोखराको नमुना विद्यालयको रुपमा स्थापित भएकोमा बधाईसमेत दिए ।

विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्रअ देवीप्रसाद बस्ताकोटीले शिक्षा समाजको ऐना भएको बताए । उनले विद्यालयमा हाल विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा र सिभिल इन्जिनियरिङ समेत सञ्चालन रहेको बताए । विद्यालयको भौतिक एवं आर्थिक प्रगतिसँगै शैक्षिक गुणस्तरमा सुधार आएको उनको दाबी छ । उनले भर्चुअल रुपमा पठनपाठन सुचारु गर्न जनप्रिय सेकेन्डरी स्कुलनामक स्कुल एप्स तयार गरी अनलाइन कक्षामार्फत विद्यार्थी एवं अभिभावकलाई प्रविधिमार्फत जोड्न सफल रहेको बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष वीरेन्द्रनारायण विजुक्छे, रामबहादुर गिरी, अभिभावक संघका अध्यक्ष टीकाराम पौडेल, जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस सञ्चालक समिति अध्यक्ष तारा गिरी, छिमेकी विद्यालयतर्फबाट राम आधारभूत विद्यालयका अध्यक्ष सोमनाथ बराल, जनप्रिय पूर्वविद्याथी मञ्च अध्यक्ष सरोजनारायण बराल, निवर्तमान प्रअ बावुराम पौडेल, अभिभावक होमनाथ सिग्देल, विद्यार्थी छात्रा क्षितिज थापा र वर्ष विद्यार्थी कक्षा १० का जगदीश चापागाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
शिक्षक सुष्मा थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रातः सत्र संयोजक इन्द्रबहादुर थापा र धन्यवाद ज्ञापन विद्यालय व्यवस्थापन समिति सदस्य रमेश बरालले गरेका थिए ।

यस्तै, निवर्तमान प्रअ बावुराम पौडेल, शिक्षक सजना आचार्य, वुद्धिसागर घिमिरे, इ. महेन्द्र पौडेल, आशीष अधिकारी र सृजना थापालाई बिदाइ गरिएको भने शिक्षक दीननाथ तिवारी, वसन्ती सुवेदी, सुमित्रा बराल, गायत्री सिग्देल, कार्यालय सहयोगी कविता गिरी र यशोधा आचार्यलाई पुरस्कृत तथा सम्मान गरियो ।
पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयमा विभिन्न व्यक्ति तथा संस्थाको नाममा अक्षयकोषसमेत स्थापना गरिएको छ ।

२०१३ सालमा स्थानीय समाजसेवी, वुद्धिजीवी, शिक्षाप्रेमीको प्रयासबाट भानु प्राथमिक पाठशाला स्थापना भएकोमा २०२५ सालमा जनप्रिय नामकरणबाट विधिवत् पठनपाठन सुरु भएको हो ।

Related News

सम्बन्धित समाचार

  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…

hero news full width