पोखरा । संस्कृत भाषामा अध्ययन गर्ने विद्यार्थीको संख्या कम हुँदै जान थालेपछि यसप्रति आकर्षण बढाउन आवासीय पठनपाठन पनि सुरुआत भइरहेको छ । गुरुको पिँढीमा गएर संस्कृत भाषा अध्ययन गर्ने चलन पछिल्लो समय विद्यालय खोलेर सुरु भएको हो । पोखरामा भीमकाली पाटनमा संस्कृत पाठशाला खोलेर संस्कृत भाषाको अध्यापन सुरु गरिएको हो ।
पोखराको विन्ध्यवासिनीका पण्डित शिवकुमार रेग्मीले संस्कृत पाठशाला खोलेर अध्यापन सुरु गरेका थिए । संस्कृत पाठशालाका प्रअ शिवकुमारको निधनपछि उनका ४ छोराले त्यही पाठशालामा पढाए । २ छोरा सोमनाथ रेग्मी र बालमुकुन्द रेग्मी प्रअ भएर यस क्षेत्रमा संस्कृत शिक्षाको ज्योति फैलाउने काम गरे । २ छोरा रुद्रनाथ र राजाराम रेग्मीले शिक्षक भएर पढाए । संस्कृत पाठशालाका प्रअ रहेका बालमुकुन्दका छोरा केशवराज रेग्मीको स्मृतिमा स्थापित केशवराज रेग्मी प्रतिष्ठानले माविमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई सम्मान गर्न सुरु गरेको छ । प्रतिष्ठानले गत वर्षको एसइई परीक्षामा ए प्लस ग्रेड ल्याई उत्तीर्ण विद्यार्थी गणेश सुवेदीलाई सम्मान गरेको छ ।
आइतबार संस्कृत मावि भीमकालीपाटनमा आयोजित कार्यक्रममा प्रतिष्ठानले सुवेदीलाई नगद १० हजार सहित सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीलाल श्रेष्ठ र प्रअ दामोदर सिग्देलले नगद र सम्मानपत्र प्रदान गरेका थिए । संस्कृत माविका पूर्वप्रअ तारा पाखे संयोजक, पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक खुमलाल पौडेल र कृष्ण रेग्मी सदस्य रहेको समितिले संस्कृत मावि कक्षा ११ मा अध्ययनरत छात्र सुवेदीलाई सम्मान गर्ने सिफारिस गरेको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष विजया रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले निस्वार्थ भावनाले काम गर्ने केशवराज रेग्मी यस क्षेत्रकै उदाहरणीय व्यक्तित्व भएको चर्चा गरे । उनले संस्कृत माविको वृहत्तर विकासका लागि सबैको सहयोगको अपेक्षा गरे । त्यसैगरी प्रअ सिग्देलले विद्यालयले १८ लाखको अक्षयकोष स्थापना गरेर विद्यार्थीहरुलाई आवासीय सेवा सहित अध्यापन गराइरहेको जानकारी दिए । छनौट समितिका संयोजक पाखेले केशवराज रेग्मीजस्तो सबैलाई सहयोग गर्ने, सधैं हाँसिरहने राजनीतिज्ञ पाउन मुस्किल पर्ने बताए । प्रतिष्ठानका सचिव हेमराज रेग्मी र कोषाध्यक्ष रामप्रसाद आचार्यले केशवराज रेग्मीले राजनीति र शिक्षामा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । नेपाली कांग्रेसका आदर्शवादी नेताको रुपमा चिनिएका रेग्मीको गत वर्ष निधन भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलका सहयोद्धा रेग्मीले प्रधानमन्त्री केपी ओलीसँग सँगै जेल जीवन बिताएका थिए ।
राजनीतिमा लागेर कमाउने परिपाटी हावी भइरहेका बेला राजनीतिमा लाग्ने कमाउनका लागि होइन, गुमाउनका लागि हो भन्ने उदाहरण रेग्मी बनेका थिए ।
Related News
सम्बन्धित समाचार
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
एक वर्षपछि खुले विद्यालय
जनप्रियमा ट्रेकिङ गाइड तालिम
शीतला माविकाे ६३ औं वार्षिकोत्सव: बसाइँसराइले गाउँका विद्यालय संकटमा
बेलचौतारामा गण्डकीको शिक्षण अस्पताल
hero news full width
मुख्य समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७