हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन

आदर्श समाज सम्वाददाता
माघ ११, २०७७
heal himalaya (1)

पोखरा । हिल हिमालयजले ३० औं पोखरा सरसफाइ अभियान शनिबार सम्पन्न गरेको छ ।

संस्थाका संयोजक रोशन गुरुङले करिब ६० जना अभियन्ता जोडिएको सो अभियानमा बिनाकुनै स्वार्थ प्रकृतिको संरक्षण गर्ने उद्देश्य रहेको बताए । अभियानअनुरुप प्रत्येक शनिवार करिब ३ घण्टा फोहोर संकलन गरिँदै आएको उनले बताए ।

संस्थाले डाँडापाखामा फोहोर संकलन गरी करिब ४३ हजार किलो फोहोर महानगरको गाडीमा पठाइसकिएको जनाएको छ । हाल ताल आसपास क्षेत्रमा रहेका फोहोर संकलन गर्ने कार्यमा जुटेको गुरुङले जनाए ।

सो अभियानबाट प्रभावित भई विदेशमा बसोबास गर्नेहरुतर्फबाट करिब २ लाख सहयोग प्राप्त भएको जनाइएको छ ।
संस्थाले जनस्तरसम्म फोहोर व्यवस्थापनमा सहयोग पुग्ने र सचेतना फैलाउने विश्वास लिइएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width