घान्द्रुक । ब्रेज मेश्रों फिल्म प्रोडक्सन घान्दु्रकद्वारा निर्मित गुरङ भाषाको चलचित्र भ्रे (पाहुना) का निर्माताहरुले घान्द्रकमा निर्माणधिन रोधीं क्लब सामुदायिक भवनका लागि ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
प्रोडक्सनले आइतबार एक कार्यक्रमका बीच उक्त सहयोग हस्तान्तरण गरेको हो । प्रोडक्सनका व्यवस्थापकद्वय अमृत गुरुङ लामा र विशाल गुरुङले सो रकम बराबरको चेक वडाध्यक्ष कुमारप्रसाद गुरुङको रोहवरमा क्लव अध्यक्ष पूर्णप्रसाद गुरुङलाई हस्तान्तरण गरे ।
कार्यक्रममा भनाई राख्दै वडाध्यक्ष गुरुङले सहयोगप्रति आभार प्रकट गर्दै सामुदायिक भवन निर्माणका लागि वडाको पनि साथ रहने जनाए ।उनले कोरोना भाइरस संक्रमणको यो विषम अवस्थामा कार्यक्रमले समुदायमा खुसीको सञ्चार छरेको पनि स्पष्ट पारे ।
वडाध्यक्ष गुरुङले गुरुङ भाषाको उद्गम थलोको रुपमा घान्द्रुकलाई चिनाउँदै त्यसको प्रचारप्रसारका लागि हुलाक टिकटमा गाउँको तस्विर राख्न पहल भइरहेको धारणा राखे । प्रोडक्सन व्यवस्थापक अमृत गुरुङ लामाले जन्मभूमिलाई माया गर्नुपर्ने औँल्याउँदै त्यसकै कडीका रुपमा सहयोग गरेको स्पष्ट पारे ।सहयोगको निर्णय पहिल्यै गरेपनि विभिन्न कारणले ढिला भएको उनको भनाई छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय घान्द्रकका संरक्षण अधिकृत शैलेन्द्रकुमार यादवले धर्म, संस्कृतिको जर्गेना गर्नुपर्ने धारणा राख्दै घान्द्रुकको पहिचान जोगाई राख्न स्थानीयवासी सचेत बन्नुपर्ने औँल्याए ।
क्लब अध्यक्ष पूर्णप्रसाद गुरुङले भ्रे चलचित्रले घान्द्रकलाई चिनाएको स्पष्ट पार्दै घान्द्रुकको चिनारीका लागि सरोकारवाला सबै सचेत बन्नुपर्ने बताए । उनले सहयोग प्रति आभार प्रकट गर्दै सहयोगको सदुपयोग हुनेमा विश्वास दिलाए । सामुदायिक भवनको सदुपयोग गरी अधिकत्तम सामाजिक क्रियाकलाप गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा क्लशका उपाध्यक्ष जगनप्रसाद गुरुङ, सचिव राजबहादुर गुरुङ लगायतले पनि धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
hero news full width
मुख्य समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
फागुन १९, २०७७फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
फागुन १९, २०७७