पोखरा। गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी प्रालिले महेन्द्रपुलमा थप शाखा बिस्तार गर्ने भएको छ । कम्पनी सञ्चालक महिलाउद्यमी चिनु गुरुङले ‘सिजी ब्रोज एण्ड नेल्स’ सञ्चालनमा ल्याउन लागेकी हुन् । शाखाको माघ १२ गते उद्घाटन गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा गुरुङले जानकारी दिइन् ।
महेन्द्रपुलस्थित एस. लोटस भवनमा सञ्चालन हुने सो शाखा विशेषगरी १६ औं श्रृंगारमध्ये महत्वपूर्ण अंग आँखा, हात, खुट्टा, नङको सौन्दर्यलाई मध्यनजर गरिनेछ । अभिनेत्री आचल शर्माले उद्घाटन गर्ने सो शाखाबाट १० जना कर्मचारीले सेवा दिने छन् ।
‘सिजी ब्रोज एण्ड नेल्स’ मा विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि नेल टेक्निसियन र लस ब्रो टेक्निसियल कोर्स गरी सीप सिकाएर दक्ष बनाइने लक्ष्य रहेको जनाइएको छ । सौन्दर्य व्यवसायको क्षेत्रमा झण्डै ३ दशक लामो अनुभव सँगालेकी गुरुङले प्राविधिक शिक्षालाई बृहत् बनाउँदै बेरोजगार दर घटाउने र आर्थिक रुपमा सशक्त बनाउने आफ्नो अभियानमा एउटा इँट्टा भएको बताइन् ।
पोखरा न्यूरोडमा प्रधानकार्यालय रहेको गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी प्रालिले यसअघि पृथ्वीचोक, भाटभटेनी, बगर, महेन्द्रपुल, दुलेगौंडामा शाखा बिस्तार गरिसकेको छ । सबै शाखामा गरी ४६ जनाले रोजगार पाएका छन् ।
आधुनिक समयको माग अनुसार अत्याधुनिक सेवा सुविधासहित महिलालाई नेल श्रृंगार, आइब्रो श्रृंगार र मेकअपसम्बन्धी तालिम इन्स्टिच्युटमा दिइनेछ । एकेडेमीमा गरिब तथा जेहन्दार विद्यार्थीलाई विशेष छुट व्यवस्था पनि छ ।
२०५० सालमा भारतको मन्द्रासबाट सौन्दर्य तालिम लिएकी चिनु गुरुङ २०५२ मा ३० हजार लगानीमा पृथ्वीचोकमा गुरुङ व्युटीपार्लर स्थापना गरी यो क्षेत्रमा होमिएकी हुन् । हालसम्म हजारौं विद्यार्थीलाई सौन्दर्य शिक्षा दिएको बताउने उनी पोखरा उद्योग वाणिज्य संघको निवर्तमान उपमहासचिव पनि हुन् ।
Related News
सम्बन्धित समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्युआर सेवा
लेखा परीक्षणका समस्या हटाउन जोड
सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग
प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति
hero news full width
मुख्य समाचार
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७