काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म विकास खर्च पछिल्लो तीन वर्षयताकै कम भएको छ।
चालू आवको पहिलो पाँच महिनामा संघीय सरकारको पुँजीगत बजेट ३५ अर्ब ९४ करोड रुपैयाँमात्रै खर्च भएको छ। उक्त खर्च आव ०७६–०७७ र अघिल्लो आव ०७५–०७६ को सोही अवधिको तुलनामा न्यून हो। गत आवको सो अवधिमा ३७ अर्ब ६१ करोड र अघिल्लो आवमा ४० अर्ब ५० करोड रुपैयाँ खर्च भएको थियो।
अर्थ मन्त्रालयले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिले चालू आर्थिक वर्षमा पुँजीगत बजेट खर्च हुन नसकेको स्वीकार गरेको छ।
‘कोभिड–१९ संक्रमणको जोखिमका कारण विकास निर्माणका कार्यहरु सञ्चालनमा कठिनाइ भएका कारण पुँजीगत खर्चमा अपेक्षित सुधार हुन सकेको छैन,’ मन्त्रालयले प्रकाशित गरेको अर्थ बुलेटिनमा उल्लेख छ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा ५४ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत बजेट खर्च भएको छ। शनिबार ९माघ १०० सम्म ५४ अर्ब १३ करोड ९२ लाख रुपैयाँ पुँजीगत बजेट खर्च भएको छ।
गत वर्षको सोही अवधिको तुलनामा उक्त खर्च पनि न्यून हो। गत वर्षको सोही अवधिमा ६७ अर्ब ५२ करोड रुपैयाँ पुँजीगत खर्च भएको थियो। अघिल्लो आर्थिक वर्ष ०७५–०७६ को साउनदेखि माघ १० गतेसम्म ६० अर्ब ३९ करोड ९६ लाख रुपैयाँ पुँजीगत बजेट खर्च भएको थियो। पुँजीगत खर्चले विकास निर्माणका काम भए–नभएको देखाउँछ।
Related News
सम्बन्धित समाचार
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७