पाेखरामा राष्ट्रिय फुटबल टोलीको अभ्यास सुरु

आदर्श समाज सम्वाददाता
माघ ११, २०७७
Football Photo

पोखरा । नेपाली राष्ट्रिय फुटबल टोलीले पोखरा रंगशालामा अभ्यास सुरु गरेको छ । विश्वकप २०२२ अन्र्तगत छनोट चरणको खेलका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडी बिहीबार पोखरा आएका थिए । प्रशिक्षणमा सहभागी नेपाली टिमका सिनियर खेलाडी विराज महर्जनले पोखराको मैदानमा अभ्यास गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

पोखरालाई आफ्नो दोस्रो घरेलु मैदान मान्ने विराज प्राकृतिक मैदानमा अभ्यास गर्न पाएकोमा भाग्यमानी ठान्छन् । विदेशी टिमसँग खेल्ने अवसर पाए उत्कृष्ट हुँदै जानसक्ने उनको भनाइ थियो । ‘पोखरामा पनि हामी विदेशी टिमसँग खेल्न पाए एउटा अवसरको विकास हुन्थ्यो,’ उनले भने, ‘खेलाडीको स्तरमात्र होइन समग्र फुटबलको समेत विकास हुन्थ्यो ।’ राजधानी बाहिर पहिलो पटक प्रशिक्षणमा आउँदा खेलाडीहरुले निकै रमाइलो र मानसिक रुपमा बलियो महसुस गरेको उनले बताए ।

टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पोखराको मैदान उत्कृष्ट रहेको र प्राकृतिक मैदानमा स्तरीय टिमसँग मैत्रीपूर्ण वा प्रतियोगिता खेल्न पाए टिमको तयारीबारे थाहा हुने प्रतिक्रिया दिएका छन् । खेलाडीलाई मानसिक रुपमा फिट राख्नका लागि फरक फरक स्थानमा सुविधा सम्पन्न पूर्वाधारमा प्रशिक्षण गराउँदा खेलाडीको मनोबल बढ्ने उनको भनाइ छ । पोखरामा कुनै प्रतियोगिता वा मैत्रीपूर्ण खेल खेल्न पाए अझ राम्रो हुने उनले बताए । ‘पोखरामा फुटबल अभ्यास मात्र गर्ने छैनौं,’ उनले भने, ‘हामी हाइकिङ जाने पनि सोंच बनाएका छौं ।’

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width