पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की अध्यक्षमा बोधराज कार्की निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार भएको संस्थाको ८ औं अधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् भने प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष र सचिव पदका लागिमात्र मतदान भएको थियो ।
प्रथम उपाध्यक्षमा ज्ञानेन्द्र बजगाईं निर्वाचित भएका छन् । उनले दया बराललाई ३३ मतान्तरले पराजित गरे । बजगाईंले १ सय ३ मत प्राप्त गर्दा बरालले ७० मत ल्याएका थिए ।
द्वितीय उपाध्यक्षमा घनश्याम तिमिल्सिना ६८ मतसहित विजयी भए । उनले उत्तम जोशी (५०) र हुमनाथ अधिकारी(५९) लाई पराजित गरेका हुन् । सचिवमा विष्णु सुवेदी विजयी भए । सुवेदीले ९८ मत प्राप्त गर्दा अर्का उम्मेदवार देवेन्द्रकिशोर बास्तोलाले ७४ मत ल्याए ।
वरिष्ठ उपाध्यक्षमा भीम पराजुली, महासचिव मनपति भण्डारी, कोषाध्यक्ष दानबहादुर बस्नेत, सहकोषाध्यक्ष प्रेम पहारी सर्वसम्मत चयन भए ।
त्यस्तै सदस्यमा गुप्तबहादुर कार्की, आश्विर नेपाली, नरेन्द्रप्रसाद आचार्य, विदुरमणि ढुंगाना, विभिषण तिमिल्सिना, ऋषिराम शर्मा पौडेल, उमादेवी बास्तोला, खेमराज पौडेल, दोर्जे तामाङ र सिर्जना सापकोटा निर्विरोध निर्वाचित भएका हुन् ।
Related News
सम्बन्धित समाचार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जहाँ माछाको काजकिरिया गरिन्छ
एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
hero news full width
मुख्य समाचार
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७