बिजुली नहुँदा मालिका अन्धकार

आदर्श समाज सम्वाददाता
माघ १०, २०७७
bidhut khola laghu jalbidhut

म्याग्दी, १० पुस ।  विद्युतगृहको जेनेरेटर बिग्रिएपछि मालिका–४, च्यूरीबोटमा सोमबारदेखि विद्युत सेवा बन्द भएको छ । च्युरिबोटस्थित दाजुङ खोला लघुजलविद्युत परियोजनाको विद्युतगृहको जेनेरेटर बिग्रिँदा विद्युत आपूर्ति बन्द भएको हो।

दाजुङ खोला लघुजलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समिति अध्यक्ष नन्दबहादुर घर्तीले मर्मत गर्न जेनेरेटर पुरानो भएको र आर्थिक समस्याका कारण विद्युत सेवा सुचारु हुन अझै केही समय लाग्ने बताए । उनका अनुसार असारयता ६ पटक जेनेरेटर मर्मत गरिएको छ।

विद्युत सेवा अवरुद्ध हुँदा करिब ४ सय घरधुरी यतिबेला अन्धकारमा बस्न बाध्य भएका छन् । बिजुली अभावमा टिभी, कम्प्युटर मोवाइल लगायत विद्युतीय सञ्चार सामग्री अवद्ध भएका छन्।

२०५७ सालदेखि उत्पादन सुरु भएको ३० किलोवाट क्षमताको जलविद्युत परियोजनाबाट वडा ३, खतेन सहित ओखरबोट, च्यूरिबोट, महभीर र छाप करिब ४ सय बढी घरधुरीले सेवा लिँदै आएका छन् ।
सो लघुजलविद्युत परियोजनाबाट ५५ घरधुरीले खेतीका लागि सिँचाइ गर्दै आएका छन् भने एक पानीमिल समेत सञ्चालित छ।

Related News

सम्बन्धित समाचार

hero news full width