बिजुली नहुँदा मालिका अन्धकार

Avatar आदर्श समाज सम्वाददाता
माघ १०, २०७७
bidhut khola laghu jalbidhut

म्याग्दी, १० पुस ।  विद्युतगृहको जेनेरेटर बिग्रिएपछि मालिका–४, च्यूरीबोटमा सोमबारदेखि विद्युत सेवा बन्द भएको छ । च्युरिबोटस्थित दाजुङ खोला लघुजलविद्युत परियोजनाको विद्युतगृहको जेनेरेटर बिग्रिँदा विद्युत आपूर्ति बन्द भएको हो।

दाजुङ खोला लघुजलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समिति अध्यक्ष नन्दबहादुर घर्तीले मर्मत गर्न जेनेरेटर पुरानो भएको र आर्थिक समस्याका कारण विद्युत सेवा सुचारु हुन अझै केही समय लाग्ने बताए । उनका अनुसार असारयता ६ पटक जेनेरेटर मर्मत गरिएको छ।

विद्युत सेवा अवरुद्ध हुँदा करिब ४ सय घरधुरी यतिबेला अन्धकारमा बस्न बाध्य भएका छन् । बिजुली अभावमा टिभी, कम्प्युटर मोवाइल लगायत विद्युतीय सञ्चार सामग्री अवद्ध भएका छन्।

२०५७ सालदेखि उत्पादन सुरु भएको ३० किलोवाट क्षमताको जलविद्युत परियोजनाबाट वडा ३, खतेन सहित ओखरबोट, च्यूरिबोट, महभीर र छाप करिब ४ सय बढी घरधुरीले सेवा लिँदै आएका छन् ।
सो लघुजलविद्युत परियोजनाबाट ५५ घरधुरीले खेतीका लागि सिँचाइ गर्दै आएका छन् भने एक पानीमिल समेत सञ्चालित छ।

Related News

सम्बन्धित समाचार

    • ‘अब बाह्रै महिना विद्युत् निर्यात’

      rss रासस माघ २२, २०७७
      पर्वत। प्रधानमन्त्री केपी शर्मा ओलीले कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको खुर्कोट–दाना सबस्टेसनको बिहीबार उद्घाटन गरेका…
    • सेती नदी जलविद्युत् को ‘पावर हाउस’को काम शुरु

      rss रासस माघ २०, २०७७
      कास्की ।  कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ ।…
    • सेती जलविद्युतमा एचआइडिसिएलको २० करोड

      adarsha samaj आदर्श समाज संवाददाता पौष २४, २०७७
      पोखरा । सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले कास्कीमा निर्माण भइरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाका…
    • लमजुङमा विद्युत् उत्पादन घट्यो

      rss रासस पौष १९, २०७७
      लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यतिबेला विद्युत् उत्पादन घट्न थालेको छ । जिल्लाका…
    •  म्याग्दीकाे कुइनेमंगलेमा ठूलोखोला जलविद्युत् योजना

      Avatar आदर्श समाज सम्वाददाता पौष २, २०७७
      बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण…

    hero news full width

    sanil ads

    wordlink ads