पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार

आदर्श समाज सम्वाददाता
माघ १०, २०७७
Uddar News

पोखरा । पोखरा महानगरपालिकाको विभिन्न स्थानबाट ६ जना बाल श्रमिकहरुलाइ उद्धार गरिएको छ ।

महानगर भित्रका पौडेल खाजा घर सिमलचौर, न्यू थकाली गेस्ट हाउस एन्ड थकाली भान्सा घर, म्याग्दी ए वान खाजा घर, जोमसोम भान्साघर एन्ड रेस्टुरेन्टमा काम गर्ने उनीहरुलाई उद्धार गरिएको हो ।

श्रम तथा रोजगार कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की, शक्ति समूह पाेखरा,  जिल्ला प्रशासन कार्यालय कास्की, सिडब्लुएसएन पोखरा, पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम, स्थानीय जनप्रतिनिधिको सहकार्य र सहयोग उनीहरुको उद्धार गरिएको हो ।

१४ वर्षभन्दा मुनिका बालबालिकालाई कुनै पनि बहानामा जोखिमपूर्ण काममा लगाउन नपाइने कानुनी व्यवस्था रहेको श्रम तथा रोजगार कार्यालय पोखराका कारखाना निरीक्षक छन्दनारायण श्रेष्ठले बताए । कानुन मिचेर बालबालिकालाई काममा लगाउनेहरुलाई कारवाही गरिने र बालबालिकालाई क्षतिपूर्ति उपलब्ध गराइन्छ । उद्धार गरिएका बाल बालिकालाई राज्यले संरक्षण गर्ने उनको भनाइ थियो ।

पोखरा महानगरपालिकाभित्र धेरै बालश्रमिक रहेको पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण संयोजक प्रीति पाण्डेले बताइन् । यसको पूर्णरुपमा नियन्त्रण गरी पोखरालाई बालश्रममुक्त क्षेत्र बनाउन स्थानीय सरकार, नागरिक समाज, रोजगारदाता विभिन्न बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थासमेत सचेत भई लाग्न उनले आग्रह गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width