पोखरा । पोखरा महानगरपालिकाको विभिन्न स्थानबाट ६ जना बाल श्रमिकहरुलाइ उद्धार गरिएको छ ।
महानगर भित्रका पौडेल खाजा घर सिमलचौर, न्यू थकाली गेस्ट हाउस एन्ड थकाली भान्सा घर, म्याग्दी ए वान खाजा घर, जोमसोम भान्साघर एन्ड रेस्टुरेन्टमा काम गर्ने उनीहरुलाई उद्धार गरिएको हो ।
श्रम तथा रोजगार कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की, शक्ति समूह पाेखरा, जिल्ला प्रशासन कार्यालय कास्की, सिडब्लुएसएन पोखरा, पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम, स्थानीय जनप्रतिनिधिको सहकार्य र सहयोग उनीहरुको उद्धार गरिएको हो ।
१४ वर्षभन्दा मुनिका बालबालिकालाई कुनै पनि बहानामा जोखिमपूर्ण काममा लगाउन नपाइने कानुनी व्यवस्था रहेको श्रम तथा रोजगार कार्यालय पोखराका कारखाना निरीक्षक छन्दनारायण श्रेष्ठले बताए । कानुन मिचेर बालबालिकालाई काममा लगाउनेहरुलाई कारवाही गरिने र बालबालिकालाई क्षतिपूर्ति उपलब्ध गराइन्छ । उद्धार गरिएका बाल बालिकालाई राज्यले संरक्षण गर्ने उनको भनाइ थियो ।
पोखरा महानगरपालिकाभित्र धेरै बालश्रमिक रहेको पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण संयोजक प्रीति पाण्डेले बताइन् । यसको पूर्णरुपमा नियन्त्रण गरी पोखरालाई बालश्रममुक्त क्षेत्र बनाउन स्थानीय सरकार, नागरिक समाज, रोजगारदाता विभिन्न बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थासमेत सचेत भई लाग्न उनले आग्रह गरिन् ।
Related News
सम्बन्धित समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
hero news full width
मुख्य समाचार
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७