मोटरसाईकल दुर्घटना दुईको निधन

रामकुमार श्रेष्ठ
माघ १०, २०७७
momentsbeforedeath

नवलपरासी, १० माघ । पूर्वी नवलपरासीको कावासोती ८ खर्कटा जंगलमा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको निधन भएको छ ।

नवलपुर प्रहरीका अनुसार गएराति उत्तरबाट दक्षिण जाँदै गरेको ना २२ प ६५५५ मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जनाको निधन भएको हो ।

दुर्घटनामा परी कावासोती ३ निवासी २४ बर्षीय हेमराज थापा र कावासोती ८ निवासी २६ बर्षीय सुनिल जैसवालको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

दुर्घटना परी गम्भीर घाईते दुवैलाई प्रहरीले उद्दार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width