टानको पदयात्रा प्रवद्र्धनात्मक कार्यक्रम – फाेटाे फिचरसहित

आदर्श समाज सम्वाददाता
माघ ९, २०७७
taan (1)

पोखरा । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराले पदमार्ग अध्ययन, खोज तथा प्रवद्र्धनात्मक कार्यक्रम गरेको छ ।

कास्कीको मादी गाउँपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा माघ ३ देखि ८ सम्म ताङतिङ, कर्पुडाँडा, क्होलार्सोंथर, ठूलीलेक, कोरी, क्हफुचे ताल, सिक्लेस पदयात्रा मार्गको अध्ययन, खोज एवं प्रद्धर्नात्मक कार्यक्रम गरिएको हो ।

पदयात्रा प्रवद्र्धनका लागि टानका प्रतिनिधि, गाउँपालिका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पत्रकार, पेसागत पथप्रदर्शक लगायतको सहभागिता रहेको टान पोखरा अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए ।

वैकल्पिक पदमार्ग खोजी, पुराना पदमार्गहरुको प्रवद्र्धन र सम्वद्र्धन हुन नसकेको अवस्थामा टान पोखराले नयाँ गन्तव्यको खोज गरी आवश्यक प्रवद्र्धन गर्ने उद्देश्यले सो कार्यक्रम गरेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width