कास्की । जिल्लाको पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा पशुमा लाग्ने सरुवा खोरेत रोगको प्रकोप देखिएको छ ।
गत पुस अन्तिम साता पोखरा–८ को एक पशु फार्ममा पहिलोपटक रोग देखिएकामा अहिले फैलिँदै गएर दुई पालिकाका १७ पशु तथा कृषि फार्ममा पालिएका ९४ पशु सङ्क्रमित बन्न पुगेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले जनाएको छ ।
पोखरामा–१५ र माछापुच्छ्रेकाे वडा नं ३ र ४ मा एक/एक फार्ममा रोग पुष्टि भएको छ । रोगका कारण अहिलेसम्म दुई पशु चौपाया मरेका छन् ।
सरुवा रोग खोरेत देखिएपछि पशु बिरामी हुने र उत्पादन घट्दै गएपछि कृषक चिन्तित बनेका छन् । खोरेत महामारीको सम्भावित जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले संयुक्तरूपमा रोकथाम र नियन्त्रणका लागि खोरेतविरुद्ध भ्याक्सिन लगाउने र जैविक सुरक्षाका कार्यहरु अघि बढाएको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा शोभा शर्माले बताइन् ।
रोग नियन्त्रणका लागि कृषि तथा पशुपक्षी मन्त्रालय मातहतको पशु सेवा विभाग, केन्द्रीय भेटेरेनरी प्रयोगशाला, विज्ञ केन्द्र तथा महानगर पशु सेवा महाशाखाबाट पशु चिकित्सक तथा विज्ञ प्राविधिकको टोलीले रोग फैलिएको क्षेत्रमा अनुसन्धान तथा रोकथाम, नियन्त्रणको काम गरिरहेको उनकाे भनाइ छ । पशु चिकित्सक शर्माले भनिन्न्नु, “खोरेत फैलिएको सूचना आएलगत्तै रोग देखिएका क्षेत्रमा भ्याक्सिन लगाउन शुरु गरेका छौँ । रोग फैलँदै गएको र महामारीका रूप लिन सक्ने सम्भावनातर्फ सचेत रहँदै कृषकलाई समेत सावधानी र सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गर्दै पशुको आवतजावतको कार्य कम गर्न भनेका छौँ ।”
पोखरा महानगरपालिका पशु महाशाखाका अनुसार महानगरको वडा नं ७, १४, २६, २७ र वडा नं ५ का १५ पशु फार्म तथा गोठमा खोरेत रोग देखापरेको अहिलेसम्म पुष्टि भएको छ । रोग नियन्त्रण र रोकथामका लागि सबै वडामा पशु प्राविधिक परिचालित भएको र निःशुल्क खोप लगाउने तथा रोग लागेको पशुलार्ई निःरोगी पशुबाट टाढा राख्ने, जैविक सुरक्षा र सरसफाइका कार्य भइरहेको महाशाखा प्रमुख नवराज अधिकारीले बताए ।
प्रकोप नियन्त्रणका लागि रोग देखिएको क्षेत्रमा विभिन्न ३२ टोली बनाएर भ्याक्सिन लगाउने, जैविक सुरक्षाका उपाय चुना, भिरकोन, फिनेल छर्ने र सरसफाइ गर्ने कार्य भइरहेको जानकारी दिँदै उनले हालसम्म १२ हजार ३५० पशुमा भ्याक्सिन लगाइएको जानकारी दिए ।
यसैगरी जिल्लामा अहिले पशुमा कृत्रिम गर्भाधान सेवासमेत स्थगन गरिएको छ । कृत्रिम गर्भाधानकर्ता फार्म तथा गोठमा सेवा दिन जाँदा एक ठाउँबाट अर्को ठाउँमा अझ रोग फैलन सक्ने भएकाले गर्भाधान सेवा केही समयका लागि स्थगन गरिएको भेटेरेनरी अस्पतालले जनाएको छ । खोरेत लागेपछि पशु झोक्राउने, मुखबाट र्याल काढिरहने, खुट्टा पाक्ने, दूध घटाउँदै जाने, घाँसदाना नखानेलगायतका लक्षण देखिने गरेको कृषकले बताएका छन् ।
Related News
सम्बन्धित समाचार
कास्कीमा खुल्यो कृषि ज्ञान केन्द्र
अन्नपूर्णमा कुखुरापालन तालिम
सबै खर्च किसानको पक्षमा छ: मन्त्री लेखबहादुर थापा
बिउका लागि लेखनाथमा आलु खेती
गण्डकी काउ फार्म: सम्झौताको वर्ष बित्यो, काम शून्य
hero news full width
मुख्य समाचार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७