पाेखरा । भारतको कर्णाटकस्थित शिवमोगा जिल्लाको एक खानी नजिक ट्रक विस्फोट हुँदा कैयौं मानिसको मृत्यु भएको आशंका गरिएको छ। उक्त ट्रकमा ठूलो परिमाणमा जिलेटिन लोड गरिएको थियो।
विस्फोटका कारण चारैतिर अन्धकार भएको र दुर्गन्धसमेत फैलिएका कारण प्रहरीलाई घटनास्थलमा पुग्न मुस्किल भएको बताइएको छ।
समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै ६ जना मजदुरको ज्यान गएको बताएको छ।
विस्फोट राति सवा १० बजेतिर भएको थियो र आवाज अर्को जिल्लासम्म सुनिएको थियो। कैयौं मानिस भूकम्प आएको ठानेर घरबाहिर निस्किएका थिए। कैयौं घरका सिसा फुटेका छन्।
उता, सिरम इन्स्टिच्युटको पुने प्लान्टमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ।
सिरम त्यही कम्पनी हो, जसले अहिले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँग मिलेर कोभासिल्ड नामक कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको छ। सिरम विश्वकै ठूलो खोप उत्पादक कम्पनी हो।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१