भारतमा जिलेटिन बोकेको ट्रक पड्किँदा ६ मजदुरको मृत्यु, सिरमको आगलागीमा ५ को ज्यान गयो

एजेन्सी
माघ ९, २०७७
india

पाेखरा ।  भारतको कर्णाटकस्थित शिवमोगा जिल्लाको एक खानी नजिक ट्रक विस्फोट हुँदा कैयौं मानिसको मृत्यु भएको आशंका गरिएको छ। उक्त ट्रकमा ठूलो परिमाणमा जिलेटिन लोड गरिएको थियो।

विस्फोटका कारण चारैतिर अन्धकार भएको र दुर्गन्धसमेत फैलिएका कारण प्रहरीलाई घटनास्थलमा पुग्न मुस्किल भएको बताइएको छ।

समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै ६ जना मजदुरको ज्यान गएको बताएको छ।

विस्फोट राति सवा १० बजेतिर भएको थियो र आवाज अर्को जिल्लासम्म सुनिएको थियो। कैयौं मानिस भूकम्प आएको ठानेर घरबाहिर निस्किएका थिए। कैयौं घरका सिसा फुटेका छन्।

उता, सिरम इन्स्टिच्युटको पुने प्लान्टमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ।

सिरम त्यही कम्पनी हो, जसले अहिले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँग मिलेर कोभासिल्ड नामक कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको छ। सिरम विश्वकै ठूलो खोप उत्पादक कम्पनी हो।

Related News

सम्बन्धित समाचार

hero news full width