पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाले पोखरामा कार्यशाला गरेको छ । सो अवसरमा चितवनमा हालै निर्वाचित कार्यसमितिलाई महासंघ कास्की शाखाले स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
महासंघ केन्द्रीय उपाध्यक्ष ऋषिराम शर्मा भण्डारीले कास्की र चितवन शाखा उत्कृष्ट रहेको बताए । उनले कोरोना महामारीले पुस्तक व्यवसायी धरापमा परेको भन्दै व्यवसायीलाई हतोत्साहित नभई आफ्नो कर्म क्षेत्रमा अगाडि बढ्न सुझाव दिए ।
महासंघ कास्की अध्यक्ष मोहन सापकोटाले चितवन शाखासँग कास्कीको भावनात्मक सम्बन्ध रहेको बताउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।
महासंघ चितवनका नवनिर्वाचित अध्यक्ष उद्योगविक्रम बानियाँले कास्की शाखाले गरेको सम्मानबाट आफूहरु ऋणी रहेको बताए ।
महासंघ कास्की अध्यक्ष मोहन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कास्कीका सचिव गोविन्द गौतमले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीको भवन उद्घाटन
फोनिजको डिजिटल जर्नालिजमबारे अन्तरक्रिया
कोरोनाले छेक्यो कोरियाको बाटो
मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज
उडुस मार्दै रात काट्दै कैन्दीबन्दी
hero news full width
मुख्य समाचार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फागुन १४, २०७७