आत्महत्याका घटना रोक्न सचेतना, साउन यता कास्कीमा ७७ जनाले गरे आत्महत्या

आदर्श समाज सम्वाददाता
माघ ८, २०७७
suicide

हेमजा। आत्महत्याका घटना न्यूनीकरणका लागि सरोकारवाला पक्ष चनाखो हुनुपर्नेमा जोड दिइएको छ । जिल्लामा चालु आवको यस अवधिसम्म ७७ आत्महत्याका घटना भएपछि सोबारे चनाखो हुनुपर्नेमा जोड दिइएको हो ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरले बिहीबार आयोजित ‘आत्महत्या रोकथाम तथा न्यूनीकरण प्रशिक्षण’ को सहजीकरण गर्दै प्रहरी नायव निरीक्षक होतबहादुर रोकाले आत्महत्या बढी मात्रामा झुन्डिएर हुने गरेको बताए । उनले सबैभन्दा केस झुन्डिएर हुने गरेकोमा त्यसपछि क्रमशः विष खाएर, आगो लगाएर र हाम फालेर हुने गरेको तथ्य पस्केका थिए ।

आत्महत्याका घटना न्यूनीकरणका लागि सम्बन्धित परिवार, समाज, स्थानीय संघसंस्था, स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने उनको तर्क छ ।
पोखरा–१ की वडाध्यक्ष शारदाकुमारी पराजुलीले मानिसले आन्तरिक समस्या, व्यक्तिगत कारण र गरिबीले बढी मात्रामा आत्महत्या गर्ने गरेको बताइन् । उनले कतिपय अवस्थामा हुनेखाने वर्ग र हुँदाखाने वर्गले पनि त्यसमा प्रभाव पार्ने औँल्याइन्।

नमूना आमा समूह र अभियान महिला समूहको व्यवस्थापनमा भएको सो कार्यक्रममा स्थानीय संघसंस्था एवं आमा समूहका प्रतिनिधिको सहभागिता थियो।
सामुदायिक प्रहरी बगरका अध्यक्ष रामभूषण पराजुली, नमूना आमा समूहकी सहसचिव सिर्जना बास्तोला, कार्यक्रम संयोजक कल्पना आचार्य बास्तोला लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमबीच आत्महत्या, त्यसको कारण, आत्महत्या पूर्व देखिने संकेत र रोकथामका विषयमा छलफल गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width