पोखरा । पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले सहमति जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको सम्मानमा पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन संघ कास्कीले बिहीबार गरेको स्वागत कार्यक्रममा उनीहरुले सो सहमति व्यक्त गरेका हुन् ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले औद्योगिक, कृषि र आवास क्षेत्रको वर्गीकरणमा सरकार चुक्दा विभिन्न समस्या आएको बताएका छन् । हिजो औद्योगिक क्षेत्र खाली क्षेत्रमा बनाइएको तथ्य पेस गर्दै उद्योगले रोजगारी दिँदा नै सो क्षेत्रमा बस्ती बढेको जिकिर पनि गरे ।
उनले औद्योगिक क्षेत्रले पोखराको विकासमा दिएको योगदानलाई नजरअन्दाज नगर्न सबैसँग आग्रह पनि गरे । उनले पोखराको कोत्रेमा प्रस्तावित नयाँ औद्योगिक क्षेत्र स्थापनाको लागि संघले सरोकारवाला निकायहरुसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघ पोखराको विकासको साझेदार भएको प्रसंग झिक्दै उनले विकास निर्माणका कामको लागि सघाउन संघ सधैं तयार रहेको बताए ।
कार्यक्रममा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख भूषणप्रसाद उपाध्यायले पोखरा औद्योगिक क्षेत्रबाट प्रदुषण भयो भन्ने गुनासो नाजायज भएको भन्दै उद्योगहरुले प्रदुषण नियन्त्रणमा सक्दो योगदान दिएको बताए । घरमा मोही पार्ने ठेकी धुँदा पनि केही प्रदुषण त हुन्छ तर त्यो प्रदुषणले खासै केही बिगार्दैन’, उनले भने,‘औद्योगिक क्षेत्रबाट निस्कने फोहर पनि ठेकी पखालेको पानीजस्तै हो ।’
पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले उद्योग र वाणिज्य क्षेत्रको विकास सँगसँगै हुनुपर्नैमा जोड दिए । पोखरा औद्योगिक क्षेत्र उद्योग संघका सल्लाहकार चन्द्रराज राजभण्डारीले उद्योगहरुको विकासको लागि आवश्यक पर्ने तालिमहरुको लागि पोखरा उद्योग वाणिज्य संघले पहल गर्नुपर्ने बताए ।
संघका अर्का सल्लाहकार तथा सिएनआइ अध्यक्ष विनोद न्यौपानेले निजी क्षेत्रको आवाज सधैं एक हुनुपर्नेमा जोड दिए । कार्यक्रम तथा पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेशबहादुर श्रेष्ठले औद्योगिक क्षेत्रका उद्योगहरुले भोगेको समस्याबारे चर्चा गर्दै उद्योगको विकासबिना देशको विकास सम्भव नभएको बताए । संघका सचिव सुरेन्द्रबहादुर गोदारले पोउवा संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सहकार्यले नै सफल हुने धारणा राखे ।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग
प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति
रुपाकोट रिसोर्टले निस्काशन गरेका मजदुरको पुनवर्हाली माग्दै ज्ञापनपत्र
लेखनाथ उवा संघको अधिवेशन २०७८ भदौ १८ र १९ गते
निशान म्यागनाइट गाडी नेपाली बजारमा
hero news full width
मुख्य समाचार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७