पोखरा । नेपाली राष्ट्रिय फुटबल ‐पुरुष) टिम बिहीबार पोखरा आएको छ । विश्वकप अन्र्तगत छनोट चरणको तयारीमा रहेको टोली बिहीबार साँझ पोखरा आएको हो । प्रशिक्षण गर्न करिब २ साताका लागि टिम पोखरा आएको अखिल नेपाल फुटबल संघ (एन्फा)का टिम तयारी समितीका संयोजक मधुुसुदन उपाध्यायले बताए ।
पोखरा आएको फुटबल टोलीलाई एन्फा कास्कीले स्वागत गरेको थियो । एन्फाका पूर्व केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराई, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, महासचिव रमेश कार्कीले स्वागत गरेका हुन् । फुटबल टिम पोखरा लेकसाइडको कुटी रिसोर्ट एन्ड स्पामा बसेको छ ।
पोखरामा प्रशिक्षणको क्रममा राष्ट्रिय टोलीले प्रशिक्षण सँगै हाइकिङ र अन्य रिफ्रेसमेन्ट कार्यक्रमहरु तय गरिएको संयोजक उपाध्यायले जानकारी दिए । माघ २१ गते सम्म पोखरामा प्रशिक्षणमा व्यस्त रहने राष्ट्रिय टोलीले पोखरा रंगशालाको मैदान प्रयोग गर्ने उपाध्यायले जानकारी दिए । ‘अहिलेसम्म पोखरा रंगशालामा नै तयारी गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘ भोलि बसेर सल्लाह गरौं अरु अरु मैदानमा पनि प्रशिक्षण गर्न सकिन्छ कि ।’
पोखरा आउने राष्ट्रिय टोली ३५ जना खेलाडीसहित ४४ सदस्यीय टोली पोखरा आएको हो । टिममा मुख्य प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरण श्रेष्ठ सहित ९ जना अफिसियल छन् । होम ग्राउन्डमा नेपालले चाइनिज ताइपेईसँग चैत १२ गते र अस्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग जेठमा मात्रै छनोट खेल हुनेछ ।
Related News
सम्बन्धित समाचार
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१