कांग्रेसको वडावडामा विरोध प्रदर्शन

आदर्श समाज सम्वाददाता
माघ ८, २०७७
congress pkr 25

पोखरा । प्रतिनिधि सभा विघटनविरुद्व नेपाली कांग्रेसले बिहीबार देशभर प्रदर्शन गरेको छ । कांग्रेसले देशभरका ७ सय ५३ पालिकाका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गरेको हो ।

यसैबीच, कास्की कांग्रेसले जिल्लाका ५ पालिकाका कुल ७२ वटा वडामा प्रदर्शन गरेको छ । पोखराका ३३ सहित मादी १२, रुपा ७, अन्नपूर्ण ११ र माछापुच्छे« गाउँपालिकाका ९ वटै वडामा प्रदर्शन गरिएको हो ।

पोखरा महानगरपालिका वडा इकाइ १४ ले विरोधसभा गरेको छ । कार्यक्रममा प्रजातन्त्र सेनानी स्थानेश्वर पोखरलले कम्युनिष्ट सरकारले प्रजातन्त्र धरापमा राखेको आरोप लगाएका छन् । २००७ सालदेखि प्रजातन्त्र ल्याउन आफूले हरेक आन्दोलनमा सहभागी भएको उनले सम्झिए ।

केन्द्रीय महासमिति सदस्य कृष्ण कार्कीले संविधानभन्दा बाहिर गएर गरिएको असंवैधानिक कदम कांग्रेसलाई मान्य नहुने बताए ।

केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य सरस्वती गुरुङले लोकतन्त्रको मर्ममाथि प्रहार गर्ने छुट कसैलाई नभएको बताइन् ।
इकाइ सभापति बोधराज कार्कीले संकटको बेला समस्याको समाधान गर्ने नेपाली कांग्रेस नै भएको जिकिर गरे ।

कार्यक्रममा बलराम कुँवर, कांग्रेस जिल्ला सदस्य यज्ञश्वर पोखरेल, पूर्व क्षेत्रीय सचिव शिव पोखरेल, महिला संघकी क्षेत्रीय सभापति इन्द्रमाया बानियाँ, महिला संघ पोखरा नगर कमिटी सभापति माया बराल लगायतले ओली सरकारको पछिल्लो कदमविरुद्ध आन्दोलनमा होमिने चेतावनी दिए ।

यसैबीच, कांग्रेस पोखरा–२५, हेमजाको आयोजनामा विरोध प्रदर्शन गरिएको छ ।

आमन्त्रित केन्द्रीय सदस्य प्रदेश सांसद कुमार खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनमार्फत सर्वासत्तावादी प्रवृति देखाएको आरोप लगाउँदै सो कदम असंवैधानिक रहेको बताए । उनले नेकपा जुनसुकै आवरणमा भए पनि लोकतान्तिक पार्टी हुन नसक्ने औल्याए ।
उनले प्रधानमन्त्रीको कार्यशैली कुनै टोलेगुण्डाको भन्दा फरक नभएको चर्चा पनि गरे ।

महासमिति सदस्य रामचन्द्र त्रिपाठीले संसद विघटनपछि देश गम्भीर मोडमा उभिएको चर्चा गर्दै प्रधानमन्त्रीले सनकमा भरमा कदम चालेको उल्लेख गरे ।
कार्यक्रममा क्षेत्रीय सदस्य प्रकाशचन्द्र सापकोटा, निवर्तमान् सभापति माधवशरण बास्तोला, सचिवद्वय दानबहादुर भुजेल र मोतिराज तिम्सिना, महिला संघकी सिर्जना सापकोटा, सभापति मधुसुदन त्रिपाठी, सहसभापति दानबहादुर थापा, भरतचन्द्र गौतम लगायतले धारणा राखेका थिए।

यसैबीच, कांग्रेस पोखरा १ ले आयोजना गरेको विरोधमा बोल्दै संविधानसभा सभासद शारदा पौडेलले ओलीले असंवैधानिक कदम चालेको उल्लेख गर्दै तुरुन्तै सच्चाउनुपर्ने धारणा राखिन्।

उक्त अवसरमा क्षेत्रीय सहसचिव गंगाबहादुर गुरुङ, महिला संघ जिल्ला सचिव सीता गुरुङ, दलित संघ जिल्ला सचिव गोविन्द नेपाली, इकाइ सदस्य मानबहादुर लामघाले, अधिवक्ता वीरेन्द्र केसी, क्रियाशील सदस्य चन्द्रबहादुर गुरुङ, वडा सभापति टंकनाथ पौडेल, सचिव शिव श्रेष्ठ र उपसभापति मीना पाण्डे लगायतले धारणा राखेका थिए ।

साथै, पोखरा महानगरपालिका वडा ७ इकाइ समितिले विरोध प्रदर्शन ग¥यो । रत्नचोकदेखि सुरु विरोध ¥याली राष्ट्र बैंक चोक, सहिदचोक हुँदै रत्नचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

इकाइ समिति नवीनराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला सहसचिव रंगीला आचार्य, पूर्व क्षेत्रीय सभापति शोभाचन्द्र बराल, जनप्रिय क्याम्पस स्ववियु सभापति आशीक गुरुङ लगायतले ओलीको असंवैधानिक कदमको विरोध गर्दै संसद पुनस्र्थापनाको माग गरेका थिए ।
यसैबीच, कास्की कांग्रेसले आन्दोलनमा सहभागी सम्पूर्णप्रति आभार प्रकट गरेको छ । जिल्ला सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी कास्कीमा भएका सबै आन्दोलनमा उल्लेख्य सहभागिता रहेको जनाउँदै सबैप्रति आभार व्यक्त गरेका हुन् ।

यसअघि, कांग्रेस केन्द्रीय समितिको पुस १९ को बैठकले पुस २५, माघ ३ र माघ ८ गतेका लागि आन्दोलन घोषणा गरेको थियो ।..

Related News

सम्बन्धित समाचार

hero news full width