पाेखरा । प्रतिनिधिसभा पुर्नस्थापना एजेण्डा नबनाए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज विरोधको दोस्रो चरण अन्तर्गत देशभरका वडाहरुमा प्रदर्शन गर्दैछ।
कांग्रेसले बिहीबार (आज) देशभरका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्न लागको हो। प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै कांग्रेस विरोधम उत्रिएको छ।
केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेकी थिइन्।
कांग्रेसले दोस्रो चरणको आन्दोनअन्तर्गत माघ ३ गते ७५३ स्थानीय तहमा र गत पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । पहिलो चरणअन्तर्गत कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटन विरुद्ध विरोध प्रदर्शन गरेको थियो।
प्रतिनिधिसभा विघटनको घटना असंवैधानिक भने पनि कांग्रेसले यसविरुद्धको मुद्दा अदालतमा पुगेकाले संसद पुर्नस्थापनाको मागलाई भने एजेण्डा बनाएको छैन।
Related News
सम्बन्धित समाचार
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
गण्डकीमा खोप भण्डारगृह शिलान्यास
hero news full width
मुख्य समाचार
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७बालुवाटार छिरे विप्लव
फागुन २१, २०७७पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
फागुन २१, २०७७विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
फागुन २१, २०७७रूपाकाे स्यास्त्रीमा अब दैलो छेवैमा सिटामोल जोहो
फागुन २१, २०७७