काठमाडौं। भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन आज बुधबार काठमाडौं आइपुग्दै छ। उसले दिने भनेको १० लाख डोज भ्याक्सिनमध्ये पहिलो खेप आज आउन लागेको हो।
आज बिहान एयर इन्डियाको विमानबाट भ्याक्सिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ। विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम छ। सुरुमा खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ र त्यहाँबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाइनेछ।
तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने मन्त्रालयले जनाएको छ। १० देखि १५ दिनमा खोप लगाउन सुरु गर्ने योजना मन्त्रालयको छ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय, एस्ट्राजेनेका कम्पनी र भारतको सिरम इन्स्टिच्युटले तयार गरेको कोभिसिल्ड भ्याक्सिन नेपालले पनि प्रयोग गर्न लागेको हो। भारतले ५ दिनअघि (१६ जनवरी) बाट खोप लगाउन सुरु गरेको छ। आफ्नो देशमा लगाउन थालेलगत्तै उसले नेपाल, बंगलादेशलगायत छिमेकी देशहरुलाई पनि अनुदानमा खोप दिएको हो।
हालैमात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा गएका थिए। ज्ञवालीको टोलीमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि सहभागी थिए। यही भ्रमणको फलस्वरुप खोप आएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्। मन्त्री ज्ञवाली भारतमै रहेका बेला औषधि व्यवस्था विभागले कोभिसिल्डलाई नेपालमा आपतकालीन प्रयोग गर्न अनुमति दिएको थियो।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भारतले नेपाललाई खोप दिने संकेत दिएपछि कोभिसिल्डलाई आपतकालीन प्रयोगको अनुमति दिइएको थियो। यसअघि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पनि सिरम इन्स्टिच्युटका उच्च अधिकारीहरुलाई भेटेर खोपको पहल गरेका थिए।
Related News
सम्बन्धित समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
रोजगार खोज्दै मेलामा
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
hero news full width
मुख्य समाचार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
वैशाख १०, २०८१