दमौली । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको झण्डै ४ वर्ष पुग्न लाग्दा तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । भाडाको घरबाट जनतालाई दिँदै आएको वडा कार्यालय भवन निर्माण हुने भएको हो ।
म्याग्दे ४ थर्पुको सिंगामा नयाँ निर्माण हुन लागेको भवनको बुधबार शिलान्यास गरिएको छ । भवनको शिलान्यासपछि गाँउपालिकाकी अध्यक्ष मायादेवी रानाले गाउँपालिकाभित्र रहेका सबै वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने उद्देश्यसहित अघि बढेको बताइन् । उनले भवन निर्माणपछि वडाबासीलाई सेवा सुविधा पाउन सहज हुने विश्वास व्यक्त गरे । चालु आर्थिक वर्ष यो वडासहित वडा नम्बर ३, ६ र ७ वडामा समेत भवन निर्माण कार्य अघि बढेको उनले बताइन् । सोही बमोजिम वडा नम्बर ४ र ६ को शिलान्यास भएको छ भने ३ र ७ को हुन बाँकी छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले वडा कार्यालयले सानो कोठाबाट सेवा दिन अप्ठेरा परेको बताए । भवन निर्माणपछि कर्मचारी, वडाबासी र जनप्रतिनिधिलाई समेत सहज हुने गाउँपालिका प्रमुख प्रशासकीय अघिकृत नारायणप्रसाद अधिकारीले बताए ।
गाउँपालिकाले प्रमुख प्रशासकीय भवन समेत निर्माण सुरु गरेको छ । भवन निर्माण गर्न १० करोड ३५ लाख ६९ हजार ८ सय ८४ रुपैयाँ लाग्नेछ । चालु आर्थिक वर्षमा ६ करोड ८५ लाख ५० हजार २५ रुपैयाँको काम हुनेछ । आगामी आर्थिक वर्षमा ३ करोड ५० लाख १९ हजार आठ सय ५८ रुपैयाँको काम हुनेछ । चालु वर्षका लागी गाउँपालिकाले भवन निर्माणमा ३ करोड रुपैयाँ छुट्याएको छ । थप रकम जिल्ला समन्वय समिति कोषमार्फत् प्राप्त हुने रकम, आन्तरिक स्रोतमार्फत व्यवस्थापन गरिनेछ । यो वर्षमा प्रोटेक्सन वक्र्स, जमीन मिलाउने, बाटो तयार गर्ने, नाली निर्माण तथा वायोइन्जिनियरिङका काम हुनेछ । आगामी वर्ष तेस्रो तल्ला भवन निर्माण, बाटो कालोपत्रे र गेट तथा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ ।
Related News
सम्बन्धित समाचार
स्याङ्जा जिल्लावासी पत्रकारहरु काठमाडौमा भेला हुने
बुढ्यौलीमा फर्कियो आँखाकाे ज्योति
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
hero news full width
मुख्य समाचार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७