एबिसी पुग्न अब पिसिआर रिपोर्ट नचाहिने

Avatar आदर्श समाज सम्वाददाता
माघ ७, २०७७
ABC final

हिंकु केभ क्षेत्रमा हराएका पदयात्री र मजदूर खोजिंदै गरेको केही हप्ता अघिको तस्वीर । तस्वीर सौजन्य : प्रेम कुमार राई ।

हेमजा, ७ माघ  । पदयात्राका लागि चर्चित अन्नपूर्ण आधार शिविर (एबिसी) पुग्न अब पिसिआर रिपोर्ट नचाहिने भएको छ ।आवश्यक सुरक्षा सर्तकता अपनाएर यस अघि नै व्यवसाय सञ्चालन गरिसकिएको स्थानीयले बताएका छन् । यसअघि पदयात्रीका लागि पिसिआर रिपोर्ट अनिवार्य गरिएको थियो ।

अन्नपूर्ण ११ स्थित छोम्रोङ पर्यटन व्यवसायी समितिको मंगलबार बसेको बैठकले पिसिआर रिपोर्ट नचाहिने निर्णय गरेको हो । संक्रमणको दर घट्दै गएको र जनजीवन सामान्य अवस्थामा फर्किदै गएकाले रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको समितिले जनाएको छ ।

‘हामीले केही समय अघि पाहुनाका लागि होटल खुल्ला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौं,’ समिति सचिव दिलीप गुरुङले भने । पिसिआर रिपोर्ट अलि झन्झटिलो भयो भन्ने ठानेर पनि समितिले यस्तो निर्णय लिएको उनको भनाइ छ ।

समितिले एबिसी जाने पदयात्रीलाई आफ्नो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाएर मात्रै जान सुझाव दिएको छ । उक्त पदमार्गमा पर्ने देउरालीसम्मका होटल अहिले पूर्णरुपमा खुलेका छन् ।

देउरालीबाट माछापुच्छे आधार शिविर करिब २ घन्टामा पुग्न सकिन्छ । माछापुच्छे« आधार शिविरबाट अन्नपूर्ण आधार शिविर करिब साढे १ घन्टामा पुगेर पुन देउरालीमा नै बास बस्ने गरी एकै दिनमा फर्किन सकिन्छ ।

यहि हप्ताभित्रमै माछापुच्छे« र अन्नपूर्ण आधार शिविरका होटल पनि खुलाउने तयारी भइरहेको छ । स्थानीय पथप्रदर्शकको पनि व्यवस्था गरी थप सहजीकरणको व्यवस्था गरिएको छोम्रोङस्थित सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकाश गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads