नेपाल स्टारकी फाइनालिस्ट एलिनाको कन्सर्ट

आदर्श समाज सम्वाददाता
माघ ७, २०७७
alina (2)

पोखरा । नेपाल टेलिभिजनबाट प्रसारण हुने गायन रियालिटी शो वाई वाई पहिलो नेपाल स्टारको फाइनालिस्ट पोखरेली चेली एलिनाको पोखरामा सांगितिक कार्यक्रम भएको छ ।

नेपाल स्टारको फाइनल प्रवेश पश्चात गृहनगर पोखरा आएकी एलिना गुरुङको स्वागत, सम्मानका साथै उपाधि जिताउनका लागि एलिना गुरुङ जिताऔं सहयोग समितिले मंगलबार पोखरा १२ चापापानीस्थित चिउली पार्चे तमु समाजमा स्वागतार्थ सांगीतिक कार्यक्रम भव्यताका साथ गरेको हो ।

पहिलो नेपाल स्टार फाइनलिस्ट एलिना गुरुङको सांगीतिक कार्यक्रममा एलिना सम्बद्ध पोखराको मुग्लान रेस्टुरेन्ट व्यान्ड, हार्मोनी समूहका उषा गुरुङ, प्रिया गुरुङ, देवी गुरुङ, जेनिषा तामाङ, प्रकृति श्रेष्ठ, जोजिजु म्युजिक सेन्टरका विनीत जोजिजु, गायक सन्तोष बस्याल, नबीन गुरुङ, लोक गायिका ज्योति लोहनी गुरुङ लगायतले विभिन्न गायन प्रस्तुति गर्दै साथ दिएका थिए । नृत्यतर्फ हिमाली साँस्कृतिक परिवार, तरेली सांस्कृतिक परिवार, ताङतिङ दूधपोखरी तमु समाज, भुजुङ युम्पो समाजका कलाकार लगायतको साथ थियो ।

कार्यक्रममा एलिनाले तृष्णा गुरुङको गाइने ए दाजैले… र सुकमित गुरुङको स्वरमा रहेको रेलिमाई रेलिमाई गीत प्रस्तुति गरेकी थिइन् । गायन प्रस्तुति राख्दै एलिनाले आफूलाई नेपाल स्टारको फाइनलमा पु¥याउन सहयोग गर्ने समिति र सहयोगीहरुलाई हार्दिक धन्यवाद दिइन् ।

कार्यक्रममा एलिना गुरुङ जिताउँ अभियान समिति संयोजक मेनकाजी गुरुङले एलिनाले नेपाल स्टारको उत्कृष्ट ११ मा पुगेपछि मात्रै हामीले समिति गठन गरी अघि बढ्दा समितिको सपना साकार हुँदै गएको बताए । एलिनाले उपाधि जितीसकिन् अब घोषणा हुन मात्र बाँकी रहेको उनको उद्घोष थियो । उनले थपे हामीलाई विश्वास छ, माघ १७ गतेको फाइनलमा पोखराले फेरि अर्को इतिहास कायम गर्नेछ, नेपालको पहिलो नेपाल स्टार एलिना गुरुङ घोषित हुनेछिन् ।

समितिका संरक्षक तथा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले एलिनाको गीत संगीतप्रतिको लगाव, परिश्राम, प्रतिभाकै कारण फाइनलमा पुगेको र यो उचाइमा पु¥याउने सबैलाई धन्यवाद दिँदै उपाधि दिलाउन अन्तिम पटक धेरै भन्दा धेरै भोट एवं सहयोग गर्न आग्रह गरे । एलिनाको जीत सबै सहयोगी एवं पोखरेलीको जीत, गीत संगीत र नेपाल स्टारकै उचाई बढ्ने, अन्तर्राष्ट्रिय हुने दाबी गरे । रियालिटी सोमा पोखरा कहिल्यै हारेको छैन, अहिले पनि एलिनाले ताज पहिरिने विश्वास गरे ।

ताङतिङ दूध पोखरी तमु समाजका अध्यक्ष सुवेदार मेजर हेमप्रसाद गुरुङले एलिना नेपाल स्टारको फाइनलमा पुगेर तमुहरुको छाती फराकिलो भएको उल्लेख गरे । उनले एलिनालाई भोटिङ मार्फत् फाइनलमा पु¥याएका सम्पूर्ण नेपालीलाई धन्यवाद दिएका छन् ।

उक्त कार्यक्रममा एलिनालाई उपाधि दिलाउन विभिन्न संघ संस्था र सहयोगीहरुले एलिना गुरुङ जिताऔं सहयोग समितिलाई आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा एलिनालाई बधाई, शुभकामनासहित कार्यक्रममा गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्ट, समितिका संयोजक मेनकाजी गुरुङ, तमु धिंका अध्यक्ष हुम गुरुङ, हार्मोनीकी अध्यक्ष इतु जोजिजु, वरिष्ठ लोक गायक पदमराज ढकाल, लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङ लगायत विभिन्न संघ संस्था, समाज, समूहबाट सम्मान एवं आशीर्वाद प्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width