वालिङ । वालिङ नगरपालिकाका कोभिड प्रभावित कृषक तथा नवउद्यमीहरुलाई उन्नत जातको लहरेबालीको बीउ तथा कृषि औजार हस्तान्तरण गरिएको छ ।
वालिङ नगरपालिका र युनडिपीको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत वालिङ नगरपालिकाभित्रका कोभिड प्रभावित कृषकहरुलाई उन्नतजातका काक्रा, करेला, घिरौला, लौका, खुर्सानी, फर्सी लगायतका बीउबिजन तथा टनेल, च्याउ प्लास्टिक आदि हस्तान्तरण गरिएको हो ।
बीउबिजन तथा सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख दिलीपप्रताप खाँणले उत्पादनलाई बजारीकरण गर्न व्यवस्थित च्यानलको सुरुआत गरिएको बताए । उनले भने,‘ गाउँगाउँमा उत्पादित बस्तुहरु अव सहज रुपमा बजार सम्म पुग्नेछन् ।’ कोभिडको प्रभावबाट सुरक्षित रहँदै व्यावसायिक उत्पादनतर्फ लाग्न नगर प्रमुख खाँणको सुझाव छ । उनले थपे, ‘तपार्इंहरुले उत्पादन गर्नुहोस् बजारको जिम्मा हामीले लिन्छौं ।’
नगरपालिकाले साझेदार संस्थासँग मिलेर सुरक्षित तरिकाबाट उत्पादित वस्तुहरु टिप्ने र बजारसम्म पु¥याउने गरी कृषकहरुलाई तालिम प्रदान गर्न लागिरहेको प्रमुख खाँणको भनाइ थियो । कोभिडको कारण विश्वमा खाद्य संकट पर्न सक्ने भन्दै नगर प्रमुख खाँणले उत्पादनको अवस्था बढाउनुपर्नेमा जोड दिए ।
नगर उपप्रमुख कल्पना तिवारीले गाउँगाउँमा उत्पादन हुने बस्तुहरुलाई सहजरुपमा बजारसम्म पु¥याइने बताइन् । उनले भनिन्, ‘कोरोनाको प्रभावका कारण मारमा परेका कृषकहरुलाई राहत पु¥याउन बीउ बिजन तथा सामग्री वितरण गरिएको हो ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कोभिड प्रभावित कृषकहरुलाई सहयोग गर्न र उनीहरुलाई आर्थिक रुपममा सबल बनाउनका लागि नगरपालिका सदैव कृषकको साथमा छ भन्ने बुझ्न पनि आग्रह गरे ।
युएसएआइडी सुआहाराका गण्डकी प्रदेश प्रमुख याम जिसीले अब सबै उत्पादनमा जोडिनुपर्ने भन्दै गाउँ गाउँमा उत्पादनको लहर ल्याउनुपर्ने बताए ।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले उत्पादन र उत्पादकत्व बढाउने गरी काम भइरहेको जानकारी दिए । उनले कोभिड प्रभावितलाई स्वरोजगार र उद्यमी बनाउने गरी नगरपालिकाका १४ वटै वडामा काम भइरहेको स्पष्ट पारे । युएसएआइडी सुआहाराका कृषि विज्ञ अर्जुन सुवेदीले बीउ बिजन राख्ने तरिकाकाबारेमा जानकारी गराएका थिए ।
कार्यक्रम अन्तर्गत ३० वटा सामूहिक खेतीका लागि सहकारीहरु तथा लाभग्राहीको सूचीमा रहेका ४० जना कोभिड प्रभावितहरुलाई बिभिन्न जातका बीउ बिजन वितरण गरिएको कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कास्कीमा खुल्यो कृषि ज्ञान केन्द्र
अन्नपूर्णमा कुखुरापालन तालिम
सबै खर्च किसानको पक्षमा छ: मन्त्री लेखबहादुर थापा
बिउका लागि लेखनाथमा आलु खेती
गण्डकी काउ फार्म: सम्झौताको वर्ष बित्यो, काम शून्य
hero news full width
मुख्य समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७