पोखरा । छात्रालाई परीक्षा केन्द्रबाहिर होटलमा लगेर अमर्यादितरुपमा परीक्षा दिलाएको अभियोगमा राष्ट्रिय मावि पोखराका प्रअसहित ३ जना पक्राउ परेका छन् ।
कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधिविषयक आंशिक परीक्षामा एक छात्रालाई होटलमा लगेर परीक्षा दिलाएको घटनाले अघिल्लो साता बजार तातेको थियो ।
यसरी अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानुनविपरीतको कसूरजन्य कार्यसमेत भएको हुन सक्ने देखिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले आवश्यक अनुसन्धान गरी दोषी उपर कारबाही गर्न जाहेरीसहितको कागजात माघ २ मा जिल्ला प्रहरी कार्यालयमा पठाएपछि पक्राउ गरी अनुसन्धान थालिएको हो ।
पक्राउ पर्नेमा पोखरा १८ कास्कीकोट स्थायी घर भइ हाल पोखरा १, बागबजार बस्ने विद्यालय प्रअ ४८ वर्षीय सूर्य तिवारी, रुपा घर भइ हाल पोखरा ११, फूलबारी बस्ने शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा २०, भलाम घर भइ हाल पोखरा १, पुरानो टुँडिखेल बस्ने शिक्षक ४० वर्षीय शिरीषकुमार वस्ताकोटी छन् ।
उनीहरुविरुद्ध शिक्षा ऐन, सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
नाइकेको विषयमा कारागार भित्रै झडप
hero news full width
मुख्य समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७