भर्चुअलमार्फत नाटक महोत्सव

Avatar आदर्श समाज सम्वाददाता
माघ ६, २०७७
Natak Photo

पोखरा। पोखरा थिएटरको आयोजनामा पोखरामा गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव–२०७७ आयोजना हुने भएको छ ।

गत वर्ष महानगरपालिकास्तरीय नाटक महोत्सव गरेको थिएटरले यो वर्ष प्रदेशका ११ वटै जिल्लाका विद्यालय समेटेर प्रदेशस्तरको महोत्सव गर्न लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक परिवर्तनले जानकारी दिए ।

कोरोना महामारी कारण बन्द रहेका गन्धर्व नाटकघर चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ छ । ‘कोरोनाको कारण हामीले नाटकघर बन्द गरेर राखेका थियौं,’ उनले भने, ‘सबै क्षेत्र लगभग खुलेको अवस्थामा नाटकघर पनि खुलाउन लागिएको हो ।’

कोरोनाको सन्त्रास अझै रहेको कारण महोत्सवमा आवेदन आह्वान, छनोट लगायतका कार्य भर्चुअलमार्फत गरिनेछ । उत्कृष्ट ४ नाटकलाई पुरस्कृत गर्नुका साथै पोखरा थियटरको गन्धर्व नाटकघरमा मञ्चन एवं युट्व च्यानलमा राख्ने व्यवस्था मिलाइएको परिवर्तनले बताए । महोत्सवमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग रहने छ ।

प्रतियोगीले अनलाइनमार्फत भिडियो अपलोड गर्न सक्नेछन् । भिडियो अपलोडका लागि थिएटरको वेवसाइट गएर गुगल फर्म भर्न सकिने व्यवस्था मिलाइएको छ । महोत्सवमा एकल भिडियो नाटकबीच प्रतिस्पर्धा हुनेछ ।

प्रदेशभरका विद्यालयका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा कम्तीमा १० मिनेट र बढीमा १५ मिनेटको भिडियो सहित सहभागिता जनाउन सक्ने छन् । भिडियो पठाउने अवधि माघ २८ सम्म तोकिएको छ ।

उत्कृष्ट भिडियो छनोटका लागि प्रकाश घिमिरेको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको जनाइयो । महोत्सवमा प्रथमले ५० हजार, दोस्रोले २५ हजार, तेस्रोले १२ हजार ५ सय र सान्त्वनाले ५ हजारसहित प्रमाणपत्र पुरस्कार पाउनेछन् । उनीहरुलाई नाटकघरको तेस्रो वार्षिकोत्सव अवसरमा फागुन २ गते पुरस्कृत गरिने महोत्सव संयोजक परिवर्तनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    • आरतीको ‘लुकी लुकी मायाले’ सार्वजनिक

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      पोखरा । लोकदोहोरी गायिका आरती अधिकारीको ‘लुकी लुकी मायाले’ बोलको गीत सार्वजनिक भएको छ । कृष्ण पौडेलको लय र शब्दमा रहेको…
    • सजनाको ‘याद’ सार्वजनिक

      Avatar आदर्श समाज सम्वाददाता फागुन २, २०७७
      पोखरा । गायिका सजना बास्तोलाको ‘याद’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पोखरामा आइतबार आयोजित कार्यक्रममा गायक कर्ण दासले…
    • सुमन र जेबिकाले जिते गोल्डेन आइडल उपाधि

      Avatar आदर्श समाज सम्वाददाता माघ २६, २०७७
      पोखरा । ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेबिका रेउलेले सातौं संस्करणको नेपाल गोल्डेन आइडलको उपाधि चुमेका छन् । पोखरामा…
    • विनोद गौचनका गीतकाे म्युजिक भिडियो सार्वजनिक

      Avatar आदर्श समाज सम्वाददाता माघ २५, २०७७
      पोखरा केशव सुवेदीको स्वर र सुमन श्रापितको संगीतमा रहेको विनोद गौचनको रचना अमृत भनी पिएको म्यूजिक भिडियो शनिवार सार्वजनिक गरिएको…
    • घान्द्रुकमा ‘शिरसुबा’ प्रदर्शन

      Avatar आदर्श समाज सम्वाददाता माघ १४, २०७७
      हेमजा । ब्रेज मेश्रो फिल्म प्रोडक्शनले निर्माण गरेको गुरुङ भाषाको चलचित्र ‘शिरसुबा’ घान्द्रुकमा प्रदर्शन गरिएको छ । चलचित्र गुरुङ समुदायको संस्कार–संस्कृतिमा…

    hero news full width

    sanil ads

    wordlink ads