पोखरा । गण्डकी विश्वविद्यालयको रजिस्ट्रारमा डा. कैलाश तिमिल्सिना नियुक्त भएका छन् । अमेरिकाको मियामी विश्वविद्यालबाट जनसंख्या विषयमा पिएचडी गरेका उनलाई कुलपति डा.गणेशमान गुरुङले रजिस्ट्रारमा नियुक्त गरेका हुन् ।
यो पदमा लागि खुला प्रतिस्पर्धाका लागि आह्वान गरिएकोमा ९ जनाले विस्तृत कार्ययोजना बुझाएका थिए । तीमध्ये उत्कृष्टताका आधारमा तिमिल्सिना छनोटमा परेका हुन् ।
पर्वतको मोदी गाउँपालिका २ देउपुरका स्थायी बासिन्दा तिमिल्सिना थाइल्यान्डबाट स्नातकोत्तर गरेका उनले जापानबाट पोस्ट ग्राजुएट गरेका छन् । उनी ५ वर्षका लागि नियुक्त भएक हुन् ।
तिमिल्सिना काठमाडौंको स्कुल अफ एन्भाइरोमेन्ट साइन्स एन्ड म्यानेजमेन्टका एकेडेमिक डाइरेक्टर हुन् ।
गण्डकी प्रदेश सरकारले आफैले विश्वविद्यालय थाल्ने गरी पोहोर नै ऐन ल्याएको हो । मेडिकल कलेज सञ्चालनसहित प्राविधिक शिक्षामा फोकस गर्ने गरी विश्वविद्यालयले प्रारम्भिक काम थालिसकेको छ । कुलपति, उपकुलपति र न्यासिक परिषद सदस्य र अध्यक्ष यसअघि नै नियुक्ति भइसकेको छ ।
Related News
सम्बन्धित समाचार
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
hero news full width
मुख्य समाचार
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७